इटहरी । मापसे गरेर सहचालकले यात्रुबाहक बस चलाउने हुंदा बिपरीत दिशाबाट आउदै गरेको अर्काे यात्रुबाहक बससंग ठोक्किदा ८ जना यात्रुहरू गम्भिर घाइते भएका छन । मोरङको सुन्दरहरैचा नगरपालीका अन्तरगत बलीयामा पूर्वबाट काठमाण्डौ जादै गरेको ना.५.ख २७०८ नं को मितेरी यातायात र पश्चिमबाट पूर्व आउदैँ गरेको बा.२.ख ४१८ नं को यात्रु बाहक बस एक आपसमा ठोक्किदा ८ जना यात्रुहरू गम्भिर घाइते भएका हुन ।
सुन्दर हरैचा अन्तरगतकै एक ग्यारेजमा मर्मतकालागि राखिएको बा.२.ख ४१८ नंको बस सहचालकले मापसे गरेर चलाउने क्रममा काकडभित्ता बाट काठमाण्डौंकालागि आउदै गरेको मित्तेरी यातायातसंग शुक्रबार साझ ठोक्किएर दुर्घटना हुदाँ ८ जना यात्रुहरू गम्भिर घाइते भएका हुन ।
घाइते हुनेहरूमा मितेरी यातायातमा सवार भारत कलकत्ता निवासी ४५ बर्षीय साहिदुङ खान ,सोहि स्थानका ४० बर्षीय सामसुङ स्लान, एक नं प्रदेश कार्यालय बिपद् ब्यवस्थापन कार्यालय चन्द्रगढी झापामा कार्यरत प्रहरी जवानहरू सुनिल सिवा, आदित्य मगर, बस चालक झापा कमल गाउपालिका ५ का ३२ बर्षीय साहिमान लिम्बु ,झापाकै दमक १० निवासी ३२ बर्षीय कुल तिमसीना, झापा भद्रपुर नगरपालीका ३ कि ३१ बर्षीया मुनु सुब्बा र बा २ ख ४१८ का सहचालक रमेश खड्का रहेको इलाका प्रहरी कार्यालय बेलबारीले जानकारी दिएको छ ।
बसका चालकले ममर्तका लागि ग्यारेजमा छाडेको बस सहचालकले मदिरा सेवन गरी लापर्वाहीपूर्वक चलाउने हुँदा बिपरीत दिशाबाट आउदै गरेको अर्काे यात्रुबाहक बस संग ठोक्किएर भयानक दुर्घटना भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । घाइतेहरू मध्ये ६ जनाको गोल्डेन अस्पताल बिराटनगर एक जनाको न्युरो र एकजनाको बिराट नर्सिङ होममा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ । दुर्घटनापछि दुवै यात्रुबाहक बस इलाका प्रहरी कार्यालय बेलबारीले आफ्नो नियन्त्रणमा लिएकोछ ।