२०६८ को जनगणना अनुसार १ नं प्रदेशको जनसंख्या ४५,४४,८३३ रहेको छ । विराटनगर राजधानी भएमा १ नं प्रदेशको १७३ स्थानीय तहमध्ये बढीमा २१ वटालाई मात्र पायक पर्दछ भने बाँकी १५२ भन्दा बढी नगरपालिका र गाउँपालिकालाई अपायक पर्छ । यसरी नै करिव १० लाख जनसंख्यालाई पायक पर्दछ भने बाँकी करिब ३५ लाख जनसंख्यालाई पायक पर्दैन, असुविधा हुन्छ । यस्तै १ नं प्रदेशको २५०९ वर्ग किमी क्षेत्रफल मध्ये बढी १७८३.३९ वर्ग किमि क्षेत्रलाई मात्र पायक भने वाँकी २४१२१.६१ वर्ग क्षेत्रफल लाई पायक पर्दैन । अर्कोतर्फ पैतालिस लाख जनसंख्यालाई आधार मानेर हेर्दा धनकुटा राजधानी भएमा उदयपुर, सुनसरी, मोरङ, झापा र ईलाम मात्रको करिव ३१ लाख जनसंख्यालाई धरान हुदै धनकुटा जानु पर्ने हुन्छ ।

विराटनगर, ईटहरी भएमा माथी उल्लेखित पहुचमार्गको आधारमा पहाडी जिल्लाका करिव १४ लाख जनसंख्याले धरान हुदै जानुपर्ने हुन्छ । उदयपुर, ओखलढुङगा, खोटाङ, सोलुखुम्बु, भोजपुरका पश्चिम दक्षिण क्षेत्रको बासिन्दा ८ लाख जनसंख्यालाई इटहरी, विराटनगर र धनकुटा भन्दा चतरा पुल हुदै धरान नै नजिक पर्दछ । यस्तै पश्चिम ईलाम, पाँचथरका करिव ३ लाख जसंख्यालाई रवि भेडेटार हुदै धनकुटा भन्दा धरान नै नजीक पर्दछ । साथै धरान केरावरी मधुमल्ला सडक हुदै मोरङ उत्तरी क्षेत्र र धनकुटाको दक्षिण क्षेत्रको करिव ३ लाख जनसंख्यालाई अहिले नै धरान पायक परिरहेको छ । तसर्थ जनसंख्यालाई आधार मानेर लाभको अनुपातमा हेर्दा १ नं. प्रदेशकोे ३५ लाख जनसंख्यालाई नै विराटनगर लाभदायक हुदैन । के यसरी प्रदेशभित्र उपयुक्त ठाउँ हुदाहुदै एउटा कुनामा राजधानी बनाउनु सही हुन्छ ? के सिमा टाँसेर १५ किमी भित्र राजधानी सिमित गर्नु बैज्ञानिक हुन्छ ?

2 7

१ नं. प्रदेशबासी सबैलाई अनुकुल हुने हावपानी नभएको र भाषिक, साँस्कृतिक र भावनात्मक सन्तुलन हुन नसक्ने ठाउँमा राजधानी बनाउदा के होला ? के १ नं. प्रदेशका ७८ प्रतिशत जनतालाई पायक नपर्ने र २२ प्रतिश जनतालाई मात्र पायक पर्ने विराटनगर राजधानी बनाउन उपयुक्त होला ? के ९३.१२ प्रतिशत भुगोललाई पायक नपर्ने र ६.८८ प्रतिशत मात्र भुगोललाई पायक पर्ने ठाउँ विराटनगर स्थायी राजधानीको बनाउन सही होला ? कि कुनै विषेशता छन विराटनगरसँग १ नं. प्रदेशको सवै जनताको भावनाको सम्बोधन गर्ने ?  कि कुनै यस्तो पुर्वाधार बनाउन सकिन्छ प्रदेशवासी सवैलाई समानरुपमा पायक बनाउन सक्ने ? यदी छन् भने छलफल गर्न सकिन्छ अन्यथा विराटनगरलाई राजधानी बनाइए १ नं. प्रदेश सरकार र प्रदेशसभाको दुरदृष्टी ठहरिने छैन र त्यो भविश्यले पनि प्रमाणित गर्न सक्ने छैन । माननीय ज्युहरु १ नं. प्रदेशको भविश्य तपाईहरुको हातमा छ । प्रदेश सरकार र प्रदेशसभाको चतना भया ।

(लेखकको फेसबुकबाट साभार)