ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “उपचारको नाममा धर्म प्रचार” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । धनकुटा शरीरमा लागेका सबै खालका रोग निदान हुने भन्दै–७ तुलसीटोलमा ‘सत्य वचन’ नामक धार्मिक कार्यक्रम सञ्चालन गरेर मानिसहरुलाई आकर्षण गरिरहेको पाइएको छ । स्थानीय टेकबादुर भण्डारीले हरेक शनिबार उपचार हुने भन्दै ‘सत्य वचन’ सुनाउने गरेका छन् । धनकुटा जिल्ला अस्पतालका निजित्त मेडिकल अधिकृत डा. अमिताभ ठाकुरले कुनै पनि रोगको उपचार भनेको मेडिकल साइन्सले भनेको भन्दा पृथक हुनै नसक्ने बताए । उनले जुनसुकै उपचार पनि मेडिकलबाटै हुने बताए ।


पूर्वी बजार : इटहरीबाट प्रकाशन हुने पूर्वी बजार दैनिकले “इटहरी काङ्ग्रेसले बिर्सिएका हस्तीहरु” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा टापेको छ । नेपाली काङ्ग्रेसले अहिलेसम्म पनि भविष्यभन्दा पनि आफ्नो इतिहास देखाएर जनताको साथ पाउने कोशिस गरिरहेको छ । जनता पनि त्यसैलाई काङ्ग्रेसको देनको रुपमा लिँदै केही हदमा काङ्ग्रेसप्रति सहमति देखिन्छन् । २००७ सालको क्रान्ति, २०१७ र २०३६ सालको आन्दोलन, २०४७ को जनमत सङ्ग्रह तथा २०६२,६३ को जनआन्दोलनको नेतृत्व आफूले गरेको जस काङ्ग्रेसले लिइरहेको छ । तर तिनै आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका नेताहरु भने बिस्तारै ओझेल पर्दै गइरहेको छन् ।


फास्ट टाइम्स : धरानबाट प्रकाशन हुने फास्ट टाइम्स दैनिकले “उद्योग र चिया मजदुर बीचको वार्ता निष्कर्षविहनि” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । गुरासेँ टिस्टेटले कामबाट निकालेका चिया मजदुर र उद्योगी बीच भएको वार्ता निष्कर्षविहीन भएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटामा आइतबार छलफल भए पनि सहमति हुन नसकेको हो । चिया उद्योगीले पुनर्बहाली गर्न नसक्ने जनाएपछि वार्ता निष्कर्षविहीन भएको हो ।


औजार दैनिक : धरानबाट प्रकाशन हुने औजार दैनिकले “सुनसरीमा विशेष सुरक्षा योजना गुण्डागर्दीलाई निरुत्साहित गर्न प्रहरीको विशेष ध्यान” शीर्षकको समाचारलाई छापेको छ । नेपालीहरुको महान चार्डपर्वहरुलाई लक्षित गर्दै सुनसरीमा शान्ती सुरक्षा कायम गर्नका नेपाल प्रहरीले विशेष सुरक्षा रणनीति सार्वजानिक गरेको छ । नजिकिदै गरेको ठूला चाडपर्वका समयमा सुनसरीमा शान्ति सुरक्षा कायम गर्नका जिल्ला प्रहरी कार्यालयले विशेष सुरक्षा रणनिति सार्वजानिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय इनरुवामा पत्रकार भेटघाट कार्यक्रममा प्रहरी उपरीक्षक राजन अधिकारीले दशैँ तिहार छैठ लगायतका चाडपर्वका समयमा सुनसरीवासीलाई मजवुत सुरक्षा प्रदान गर्नका लागि शान्ति सुरक्षाका विभिन्न रणनितीहरु अपनाउने बताएका छन् ।

उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “राजधानी र नाममै बहस केन्द्रित” शीर्षकको समाचारलाई छापेको छ । प्रदेशसभा बैठकमा प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशको खेलकुदको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पेश गरे । सभामुख प्रदीपकुमार भण्डारीले विधेयकमाथिको सामान्य छलफल अघि बढाउदैँ बोल्ने सांसदलाई सात मिनेटको समय छुट्याएको जानकारी गराए ।

तेस्रो नम्बरमा बोल्ने पालो पाएकी सत्तापक्षकै सांसद सरिता थापाले भने राजधानी र नामको विषयमा धेरै बहस हुन थालेका कारण आफूले विधेयकमा ध्यानै दिन नसकेको भन्दै रोष्टममा विषयान्तर भइन् । विधेयकको विषय छाडेर प्रदेशको नाम र राजधानी केन्द्रित कुरा गर्न थालेपछि सभामुख भण्डारीले उनलाई ‘रुलिङ’ गर्न बाध्य भए ।


विवेचना दैनिक : झपाबाट प्रकाशन हुने विवेचना दैनिकले “प्रदेश १ का पाँच नाममा बहस” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । प्रदेश १ को राजधानी कहाँ राख्ने भनेर फरक–फरक धारणा आइरहेका बेला नामकरणबारे सुनसरीको इटहरीमा बहस भएको छ । सरोकारवाला तथा विज्ञले प्रदेशका लागि पाँच नाम प्रस्ताव गरेका छन् ।

नागरिक समाज इटहरीले शनिबार आयोजना गरेको कार्यक्रममा उनीहरूले कार्यपत्र प्रस्तुत गर्दै प्रदेशका नाम प्रस्तावित गरेका हुन् । उनीहरूले प्रदेश १ लाई किरात, लिम्बुवान– किरात, चोमोलुङ्मा, सगरमाथा र कोसी नामकरण गरिनुपर्ने बताउँदै यसबारे तर्क प्रस्तुत गरेका छन् । सगरमाथा सत्यनारायण धामीले सगरमाथा नाम राख्न प्रस्ताव गर्दै कार्यपत्र प्रस्तुत गरे ।

सगरमाथाले देशकै नाम विश्वमा चिनाउन सहयोग गरेकाले यसबाटै प्रदेशको नामकरण गरिनुपर्ने उनले बताए । यो शब्दले कुनै एक जाति, भाषा वा वर्गलाई मात्र सम्बोधन नगर्ने उल्लेख गर्दै सबैको भावनाको सम्बोधन गर्ने जिकिर गरे । सगरमाथा ‘विश्वमै चिनिएको र विदेशी पर्यटकबाट विदेशी मुद्रा आय आर्जन गर्ने मुख्य स्रोत भएको, कुनै जातजाति, भेषभूषा, रहनसहन आदि विभिन्न नेपाली जातिलाई एकसूत्रमा बाँध्ने’ नाम भएको उनले उल्लेख गरे ।