धरान : पछिल्लो समय धरानमा लञ्ज एण्ड बार खोल्ने क्रम जारी छ । जहाँ सांगीतिक माहोलमा बसेर रमाइलो गर्दै खाने चलन छ । तर, कसैले शान्त, पारिवारिक वातावरणमा होटल वा रेष्टुरेष्टमा बसेर स्पेशल खानाको स्वाद लिन चाहदा अभाव खट्किन्छ ।
धरानेहरुको यही अभावलाई टार्नको लागि धरानमा नयाँ रेष्टुरेष्ट खुलेको छ । वैदेशिक रोजगारीबाट फर्किएका धरानका दुई युवाले धरान ३, कैलाश पथ(मस्जिद अगाडि) फुडल्याण्ड नेवाः किचन एण्ड बार खोलेका हुन् । करिब डेढ दशक ओमन बसेर फर्किएका धरान ७ का युवा पुकल राई र मकाउबाट फर्किएका उनका साला अरबिन्द श्रेष्ठले बार सञ्चालनमा ल्याएका हुन् । यहाँ स्पेशल नेवारी खानाको परिकार पाइन्छ । औपचारिक उद्घाटन भने बुधबार(२४ गते) घटस्थापनाको दिन ज्येष्ठ हजुर बुबाबाट हुनेछ । ‘अहिले धरानमा विदेशी सँस्कृतिको प्रभावले लञ्ज एण्ड बार खोल्ने क्रम बढेको छ, तर कसैले पारिवारिक वातावरण भएको ठाउँ खोज्दा पाइदैन,’सञ्चालक राईले भने,‘हामीले पारिवारिक वातावरणमा स्पेशल नेवारी खानाको परिकार ग्राहकहरुलाई उपलब्ध गराउछौं।’
दुवै युवाले अहिलेसम्म २२ लाख लगानी गरिसकेका छन् ।

1 10

फुडल्याण्डमा खानाको परिकार मात्र नेवारी होइन, रेष्टुरेष्ट एण्ड बारको वातावरणलाई पनि नेवारी सँस्कृतिमैत्री बनाएका छन् । रेष्टुरेष्टमा प्रवेश गर्दा कुनै नेवारी घरभित्र प्रवेश गरेको अनुभूति हुन्छ । रेष्टुरेष्टको भित्तालाई नेवारी सँस्कृतिअनुसार चित्र, कलाकृत्तिहरुले सजिएको छ । ‘मायालु जोडी मैचा बोउचा, कुमारी, भैरव, लाखे, काठपुतलीजस्ता नेवारी सँस्कृतिहरु छन्, खानाको परिकार पनि नेवारी नै बढी छन्,’अर्का सञ्चालक अरविन्द श्रेष्ठले भने,‘हाम्रोमा पाइने केही नेवारी आइटम धरानमा अन्यत्र कही पाइदैन ।’
फुडल्याण्डमा नेवारी स्पेशल परिकारमा सकुम्हिचा, सोः(फोक्सो),छोइला स्पेशल परिकार पाइन्छ भने चटामरीको परिकारहरु अण्डा, भेज, मिक्स, चिकेनमा पाइन्छ भने बाराको परिकार र नेवारी खाजा सेट पनि पाइन्छ । नेवारी परिकारबाहेक फिस, चिकेन, मटन र अन्र्तराष्ट्रिय ब्राण्डको ड्रिक्स पनि पाइने सञ्चालकहरुले जनाएका छन् । 

2 10

3 3