ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “एक किलोमिटरको भाडा ३० रुपैयाँ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । यासोक पाँचथरको तुम्बेवा गाँउपालिका–३ का स्थानीय सुदीप सम्बाहाम्फे दैनिकजसो तराई आवत–जावत गर्छन् । ३४ किलोमिटर दूरी पार गर्दा एक हजार भाडा तिर्छन् । उनीमात्रै हैन, आम गाँउबासीले उनले झैं भाडा तिर्छन् ।

प्रस्तावित तमोर करिडोर सडक अन्तर्गत पाँचथरको तुम्बेवा गाँउपालिकाको केन्द्र मौवादेखि धनकुटा जिल्लाको मूलघाटसम्म पुग्न ३४ किलोमिटरको सडक पार गर्नुपर्छ । निकै कम सवारी भएका कारण तोकेजति भाडा तिर्न बाध्य छन् । छोटो मार्गको रुपमा पूर्वी तराईलाई ताप्लेजुङको ओलाङ्चुङगोला हुदैं चीनसम्म जोड्ने उद्देश्यले निर्माणाधीन तमोर कोरिडोर अन्र्तगत मौवा–धरान खण्डमा सवारी सञ्चालन हुन थालेको वर्षदिन भयो । सवारी साधन सञ्चान हुन थालेपछि यातायत व्यावसायीहरुले मनपरी भाडा निर्धारण गरेका थिए । गाँउपालिकाको केन्द्रबाट दैनिक ५वटा ट्याक्सी झापाको दमकसम्म सञ्चालित छन् ।


फास्ट टाइम्स : धरानबाट प्रकाशन हुने फास्ट टाइम्स दैनिकले “विवरण नबुझाउने ३० हजार कर दातालाई हटाउने तयारी” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा टापेको छ । सरकारले करिब ३० हजार करदातालाई मूल्य अभिवृद्धि कर (भ्याट) दर्ताको सूचीबाट हटाउने भएको छ । लामो समयदेखि कर कार्यालयको सम्पर्कमा नरहेका र कारोबार नेै बन्द गरेर विवरण नबुझाउने (नन् फाइलर) करदातालाई भ्याट दर्ताको सूचीबाट हटाउन लागिएको हो ।


औजार दैनिक : धरानबाट प्रकाशन हुने औजार दैनिकले “कुहिएको मासु विक्रीमा” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । वजारको अनुगमनको क्रममा कुहिएको मासु समेत बेच्न राखेको पाइएको छ । इटहरी उपमहानगरले गरेको अनुगमनमा सहभागी उपझोता मंच नेपालका अध्यक्ष ठगेन्द्र आर्चायका अनुसार केहि पसलमा कुहिएको मासु समेत वेच्न राखेको पाएको छ ।


मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “दशैं मनाउने आ–आफ्नै योजना” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । दशैं शुरु भएसंगै आम नेपालीले टीका, जमरा लगाउने दिन गन्ति पनि शुरु गर्न थालेका छन् । विभिन्न क्षेत्रका जागिरेका लागि फुलपाती देखि हुने सार्वजानिक बिदा शुरु हुँदैछ । यसबिच दशैंको सपिङ देखि दशैंमा खानेकुरा, घुमघाम गर्न तथा टिका थाप्ने टाढा जानुपर्नेहरु यात्रुका योजनाहरु बनाउन थालेका छन् ।


उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “संसद सचिवालय फराकिलो बनाइँदै” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।  प्रदेश १ को संसद सचिवालय दशैंपछि अझ फराकिलो हुने भएको छ । जिल्ला समन्वय समिति मोरङले प्रदेशसभालाई छाडिदिएको भवनको पहिलो तलाको मर्मत दशैं र तिहारको बिचमा सकिने संसद सचिवालयले जनाएको छ । करीब २५ लाख रुपैयाँ खर्चिएर भवनको पहिलो तलाको मर्मत भइरहेको जनाइएको छ । हाल सो भवनको भुइँतलाका ११ वटा कोठालाई संसद सचिवालय र टूलो हललाई प्रदेशसभाको बैठक हलका रुपमा प्रयोग गरिदैं आएको छ । पहिलो तलाको मर्मत सकिने बित्तिकै सभामुख, उपसभामुख, सचिव, सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका नेताका लागि व्यवस्थित कार्यकक्ष तयार हुनेछन् ।