इटहरी : दशै तिहार लगायतका चाडपर्वलाई लक्षित गरी इटहरीमा रहेको सगरमाथा गार्मेन्ट र स्नेहा एपरल्सका तयारी कपडाहरु सुलभ मुल्यमा पाइने गरी सिजनल फेसन मेला सुरु भएको छ ।

ओशियन पार्क एण्ड रिसोर्ट परिसर इटहरीमा बालबालिकादेखि ज्येष्ट नागरिकहरुसम्मलाई हुने विभिन्न ५६ प्रकारका तयारी कपडाहरु पाइने गरी दशै तिहार सिजनल फेसन मेला सुरु गरिएको हो । कपडा मेलाका विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा आयोजक टिमले आफना उत्पादनहरुको प्रचारप्रसार गर्नेदेखि लिएर चाडपर्वको समय पारेर उपभोक्ताहरुलाई सुभल मुल्यमा विक्री गर्ने लक्ष्यसहित मेलाको आयोजना गरिएको जनाइएको छ ।

एक महिनासम्म चल्ने मेलामा मनोरञ्जनका लागि मेला अवधिभर विभिन्न स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती तथा फेसन सो रहने आयोजक सगरमाथा गार्मेन्ट्स सञ्चालक डम्बर तामाङ्गले जानकारी दिए ।