इटहरी: प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राईले १ नम्वर प्रदेशलाई भ्रष्टाचार र कमिशनरहित प्रदेश बनाउने अभियानमा प्रदेश सरकार सक्रिय रहेको बताएका छन् ।

सुनसरीको इटहरीमा भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको प्रदेश यातायात पुर्वाधार निर्देशनालयको उद्घाटनका क्रममा सो कुरा बताएका हुन । मुख्यमन्त्री राईले प्रदेश नम्वर १लाई मुलुकै सबैभन्दा समृद्ध प्रदेश वनाउने अभियानमा सबैको सहकार्य हुनु पर्नेमा समेत जोडदिए । उनले प्रदेश सरकारको प्रमुख लक्ष्य पारदर्शिता र भ्रष्टाचाररहित प्रदेश बनाउने रहेको जानकारी गराए ।

राजधानीको विषयमा सवै विचार र भावनालाई एउटै मिलन विन्दुमा ल्याएर १४ जिल्लालाई एउटै मिलन विन्दुमा उभ्याउन सकियोस भन्नेमा आफु रहेको समेत मुख्यमन्त्री राईले स्पष्ट पारे । कार्यक्रममा यातायात पूर्वाधार विकास निर्देशनालयका सचिव सागर राई, प्रदेश सभा सदस्य सर्वध्वज साँवा, इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी लगायतले वोलेका थिए ।