धरान: मुख्य कार्यालय र लगानीकर्ताहरुसमेत धरानमै रहेको मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले शनिबार आफ्नो १३ औं बार्षिक उत्सव मनाएको छ ।

बैंकले धरानको सरस्वती बाल आश्रममा आश्रित बालबालिकाहरुलाई दशैंको नयाँ कपडा वितरण गर्नुको साथै खाना खुवाएर बार्षिक उत्सव मनाएको हो । शनिबार आश्रममा आयोजित एक कार्यक्रममा २५ जना बालबालिकाहरुलाई दशैं कपडा वितरण गरेको हो । बैंकका सञ्चालक किसन मास्केको अध्यक्षतामा आयोजित कार्यक्रममा आश्रममा आश्रित रहेका १४ जना बालक र ११ जना बालिकालाई दशैं कपडा वितरण गरिएको हो । सञ्चालक मास्केका अनुसार बालकहरुलाई सर्ट, पेन्ट वितरण गरिएको थियो भने बालिकाहरुलाई भेष्ट र पेन्ट वितरण गरिएको हो ।

2Untitled-1 copy

कार्यक्रममा सञ्चालक मास्के, सरोज श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत तुलसीप्रसाद वस्ती, प्रमुख अतिथि एवं नेपाल राष्ट्र बैंकका मुद्रा व्यावस्थापनका कार्यकारी अधिकृत लक्ष्मी प्रपन्न निरौलालगायतले बालबालिकाहरुलाई कपडा वितरण गरेका थिए । यस्तै, कार्यक्रममा सञ्चालकहरुले बार्षिक उत्सवको अवसरमा केक काटेर खुशी बाडेका थिए भने कार्यक्रम समापन पश्चात बालबालिकाहरुसँगै बसेर खाना पनि खाएका थिए । कार्यक्रममा प्रमुख अतिथि निरौलाले वित्तिय संस्थाहरुले आफ्नो नाफाको केही प्रतिशत सामाजिक कार्यमा खर्चनु पर्ने नीति बनाएअनुसार मितेरीले सामाजिक कार्यमा लगानी गरेकोमा प्रशंसा गरेका थिए । उनले दशैंमा नयाँ नोट निकाल्न केही ढिलाई भएको खुलाउदै नोटमा अक्षताहरु नलगाइ खाममा दक्षिणा दिने चलन गर्न पनि आग्रह गरे ।

4Untitled-1 copy


प्रमुख कार्यकारी अधिकृत वस्तीले बैंकको बिषयमा जानकारी गराउदै ३ अर्ब ८१ करोड निक्षेप संकलन भएको बताए । यस्तै, कर्जा ३ अर्ब १२ करोड रहेको, शाखा १८ वटा पुगेको र ग्राहकहरु ४२ हजार रहेको पनि वस्तीले जानकारी दिए । यसअघि, सुकुना क्याम्पसमा छात्रवृत्ति, हिरासत भवन निर्माणमा सहयोग र महिला सञ्जाल धरानले वेवारिसे अवस्थामा उद्दार गरी उपचाररत निशा राईलाई पनि आर्थिक सहयोग गरेको मितेरीले जनाएको छ । वस्तीका अनुसार मुद्दतीमा १२ प्रतिशत र बचतमा ८.२५ प्रतिशतसम्म ब्याजदर दिइरहेको र कर्जाको निर्णय एक कार्य दिनमा हुने पनि जानकारी दिए । यस्तै, ज्येष्ठ नागरिकको लागि बिशेष सुविधा भएको, जुनसुकै बैंकको चेक जम्मा गर्न सकिने र देशभित्र जुनसुकै बैंकमा रकम जम्मा गर्न सकिने व्यवस्थासँगै देशविदेशको जुनसुकै ठाउँबाट पठाएको रकम तुरुन्तै प्राप्त गर्न सकिने पनि वस्तीले जानकारी दिए ।

6Untitled-1 copy

Untitled-1 xcopy

Untitled-s1 copy