इटहरी । आफना शेयर सदस्यहरुको आर्थिक, सामाजिक, साँस्कृतिक विकासमा टेवा पुर्याउने उद्देश्यले स्थापित जनकल्याणकारी बहुउद्देश्यीय सहकारी संस्थाले एक विशेष कार्यक्रमको आयोजना गरि १९ औं साधारणसभा सम्पन्न गरेको छ ।
केही उत्साही व्यक्तिहरुको अग्रसरतामा २०५५ सालमा स्थापना भई ३ सय ९९ शेयर सदस्य र ८८ लाख ८५ हजार ५ सय चुक्ता पूँजी वनाउन सफल सहकारीले १९ औं साधारणसभा गरेको हो । इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमको प्रमुख आतिथ्यमा भएको साधारणसभामा सहकारीले उत्कृष्ट काम गर्ने कर्मचारीकोरुपमा कविता प्रधान, उत्कृष्ट ऋणी खिमकुमार लिम्बु, उत्कृष्ट कारोवारी शालिग्राम कार्कीलाई सम्मान गरेको थियो ।
प्रमुख अतिथि गौतमले इटहरी उपमहानगरपालिकाले पनि सहकारी ऐन वनाएर कार्यन्वयनको दिशामा अघि वढेको वताइन । उनले एक करोड भन्दा कम पूँजी रहेका सहकारीहरुलाई मिलाउने नीतिलाई समेत उपमहानगरपालिकाले क्रमिकरुपमा लागु गर्दै जाने वताइन । सहकारीले गत वर्ष गरेका गतिविधिहरुका विषयमा सहकारीका अध्यक्ष यामबहादुर प्रधान र नीति तथा कार्यक्रमका विषयमा सचिव लक्ष्मी थेवेले छुट्टा छुटटै प्रतिवेदन प्रस्तुत गरेका थिए ।