इटहरी: लामो समयदेखि अन्न र नुन त्याग गरी फलफुल मात्र भएर गृहस्ती जिवनका साथै सन्त शैलीमा धार्मिक गतिविधिमा सक्रिय रहदै आएका सुन्दरहरैचाका जीवनाथ भट्टराई सम्मानित भएका छन् ।
आफनो उमेरको ७ वर्षदेखि अन्न र नुन त्यागेर फलफुल मात्र खाने र मायारुपी भगवतीको मन्दिर निर्माण गरी धार्मिक तथा सामाजिक क्षेत्रमा सक्रिय रहदै आएका ८३ वर्षीय भट्टराईलाई सुन्दरपुर बचत तथा ऋण सहकारी संस्थाले सम्मान गरेको हो । सहकारीले आफनो २२औं साधारणसभाको अवसर पारेर सुन्दरहरैचा ७ गोठगाँउका भट्टराईलाई विशेष सम्मान गरेको हो । साधारणसभाका प्रमुख अतिथि नेफ्स्कुनका कोषाध्यक्ष केशवप्रसाद पोखरेलले भट्टराई र उनकी श्रीमती सावित्रादेवी भट्टराईलाई दोसल्ला र सम्मान पत्र प्रदान गरे ।
त्यसैगरी सहकारीले ज्येष्ठ नागरिकहरु ९९ वर्षीया खड्गकुमारी ढकाल, ९२ वर्षीया इच्छमाया भट्टराई र ८९ वर्षीय देउनारायण सापकोटालाईसमेत सम्मान गर्यो । मोरगं क्षेत्रमा रहेका सहकारीहरुमा सफल सहकारीहरुको वर्गमा पर्ने सुन्दरपुर वचत तथा ऋण सहकारीमा हाल २८ सय ६४ जना शेयर सदस्य र १७ करोड १२ लाख शेयर सदस्य रहेका छन ।