ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “११ वटा सरकारी कार्यालयका कर्मचारीले तलब पाएनन्” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला समिति धनकुटाले ११ वटा सरकारी कार्यालयमा कार्यरत निजामति कर्मचारीहरुले नेपालीहरुको महान् चाड दशैं आइसक्दा पनि तलब खान नपाएको गुनासो छन् । युनियले धनकुटाका सरकारी कार्यालयका कर्मचारीले तीन महिनादेखि तलब र दशैं खर्च र भत्तासमेत नपाएको भन्दै शुक्रबार जिल्ला प्रसाशन कार्यालय धनकुटामार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा ज्ञापन पत्रमा प्रदेश मातहतका सरकारी कार्यालयका कर्मचारीले तलब नपाएको गुनासो छ ।


फास्ट टाइम्स : धरानबाट प्रकाशन हुने फास्ट टाइम्स दैनिकले “धरानको पानीमा कोलिफर्म भेटियो” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । धरानको खानेपानीको विभिन्न श्रोतको पानीको गुणस्तर परीक्षण गर्दा सबैमा मानव शरीरको लागि हानिकारक कीटाणु कोलिफर्म भेटिएको तथ्य शुक्रबार धरानमा आयोजित ‘पानी चौतारी’ नामक अन्र्तक्र्रिया कार्यक्रममा विज्ञहरुले सार्वजानिक गरेका छन् । विगत ३ वर्षदखि धरान र धुलिखेल उपमहानगरपालिकामा पानी व्यवस्थापन सम्बन्धी अध्ययन अनुसन्धान गर्दै आएको अन्र्तराष्ट्रिय संस्था साउथ एशियान इन्स्टिुच्युट अफ एडभान्स स्टडि (सियास) ले शुक्रबार धरान उपमहानगरपालिकाको भवनमा पानी चौतारी छैठौं भागको आयोजना गरेको थियो ।


मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “परदेशमा घर आँगनको दशैं सम्झदैं” शर्षिकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । दशैं नेपालीहरुको घर आागनमा भित्रिसकेको छ । कसैलाई खानपिनको बन्दोबस्ता किनमेलको चटारो, कसैलाई यात्राको तयारीले यतिबेला व्यस्त बनाएको छ । बालबालिका, किशोर, बिशोरीहरु दशैंमा लगाउने पहिरन रोजाइले घरमा रडको पनि मच्चाईरहेको बेला परिवारबाटै निकै टाढा प्रवासमा बस्ने परदेशीहरु भने पुराना संझना संगै विछोडीनुको पिडा भुल्दै सामान्य ढगंमा दशैं मनाउने मनस्थितीमा रहेको पाइएको छ ।


औजार दैनिक : धरानबाट प्रकाशन हुने औजार दैनिकले “एकता केही महिनामा टुंगिन्छ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । नेपाल कम्युनिष्ट पाटीको स्थायी कमिटी सदस्या तथा १ नम्बर प्रदेशका इन्चार्ज भिम आचार्यले पार्टी एकिकरणका सम्पूर्ण कार्य अब केही महिनाभित्र सकिने बताएका छन् । शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धरानले आयोजना गरेको शुभकामना आदन प्रदान तथा चियापान समारोहमा बोल्दै प्रमुख अतिथी आर्चायले देश निमार्णको साझा उदेश्य लिएर कम्युनिष्ट पार्टीहरु एक भएको जनाए ।


उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “पुसमा देश नै खुला दिसामुक्त” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । मोरङ जिल्लालाई आगामी मंसिर महिनाभित्र खुला दिसामुक्त जिल्ला घोषणा गरिने भएको छ । २०७५ सालको पुससम्ममा देशलाई नै खुलादिसामुक्त क्षेत्र घोषणा गर्ने अभियान अन्र्तगत मोरङ जिल्लालाई मंिसरमा खुलादिसामुक्त घोषणा गर्न लागिएको हो । मोरङ सबै १७ वटा स्थानीय तह मध्ये ११ वटा स्थानीय तह खुला दिसामुक्त क्षेत्र घोषणा भैसकेको छन् । खुलादिसामुक्त क्षेत्र घोषणा गर्न बाँकी रहेका ६ स्थानीय तहलाई मंसिर १५ गतेभित्र खुलादिसामुक्त क्षेत्र घोषणा गरी मंसिर २० गते मोरङ जिल्लालाई नै खुलादिसामुक्त जिल्ला घोषणा गर्न लागिएको जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले जानकारी दिए ।