ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “६ लेन सडक बनिनसक्दै भत्कियो” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । बहुप्रतिक्षित जोगवनी किमाथाङ्का सडक अन्र्तगत रानी – विराटनगर–इटहरी –धरानको सडक बनिनसक्दै भत्किन थालेको छ । सडकको दुईतर्फको ड्रेन निर्माणमा कमसल सामग्री प्रयोग गरेको भेटिएपछि स्थानीयले तत्काल रोक्न माग गरेका छन् । गुणस्तरहीन सामाग्रीको प्रयोगले बनिनसक्दै भत्किन थालेको हो । निर्माणाधीन सडकको दुवैतर्फ बनेको नालामा कमसल सामाग्रीको प्रयोग गरेको भेटिए पनि सम्बन्धित निकायले गरेको ध्यान नदिएको स्थानीयले गुनासो गरेका छन् ।


फास्ट टाइम्स : धरानबाट प्रकाशन हुने फास्ट टाइम्स दैनिकले “सीडीओको स्विकृति बिनै मेलाको तयारी” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । सुरक्षा खतरा बढाउने गरी धरानमा लगाउन लागिएको मेलाका लागि जिल्ला प्रशासन कार्यालयले स्विृकति नदिने भएको छ । आयोजकहरुले जिल्ला प्रशासनसँग स्विकृति पनि लिएका छैनन । मेलामा उत्पन्न सुरक्षा खतरालाई ध्यानमा राखेर जिल्ला प्रशासानले स्विृकति दिने नदिने बिषयमा केहि निर्णय नगरेको प्रमुख जिल्ला अधिकारी प्रेसप्रसाद उप्रेतीले बताए । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नयव उपरीक्षक सुमन तिम्सिनाले पनि सिडीओबाट स्विकृति नलिइ मेला लगाउन लागेको जानकारी आफूलाई आएको बताए ।


औजार दैनिक : धरानबाट प्रकाशन हुने औजार दैनिकले “वीपीका सुरक्षाकर्मी धर्नामा” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत सुरक्षाकर्मी आन्दोलित भएका छन् । दशैंको मुखमा प्रतिष्ठानका सुरक्षाकर्मीले तलब नपाएपछि बाध्य भएर आन्दोलित भएका हुन ३ वर्ष अगाडी ठेक्का पाएको केटि म सेक्युरिटीले नजिकीदै गरेको नेपालीहरुको चाड दशैको मुखमा सेक्युरिटीको तलब, दशैं बोनस, र बृद्धि भएका १५ दिनको तलब नपाइकोमा २ दिनदेखि तोकिएको स्थानमा डिउटी नगरी केटियमको कार्यालय अगाडी धर्ना दिएका छन् । उनीहरु आफूहरुको तलब र खाईपाई आएको सुबिधा र वृद्धि भएको तलब नलागाईजेलसम्म ठ.डीउटी नगर्ने बताए । केटियम सेक्युरिटीका धरानका प्रमुख रामेश्वर शाह भने वीपी प्रतिस्ठानले कम्पनीलाई २ महिना देखि रकम भुक्तानी नगरेको बताए ।


मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “मागेर गुजरा चलाउनेहरुको दशैं” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । दशैंको छैटौ दिन आज सोमबार सबै दशैंको चटारोमा छन् । जागिरेहरु तलब सहित दशैं खर्च पाएर नयाँ नोट साट्दैछन् । दशैंका बेला ज्येष्ठ नागारीकहरुलाई पनि सरकारले सामाजिक सुरक्षा भत्ता निकासा गरेकाले बृद्धबृद्धाहरु बैंकको लाइनमा देखिन्छन् र दशैंको यस्तो चहल पहल बाट निरपेक्ष मानिसहरु पनि सडकमा भेटिन्छन् । मानिसहरु पनि सडकमा भेटिन्छन् । जस्को न आफन्त छ नत परिवारजन छ । सडकको पेटीमा भिख मागेर आफ्नो जिवन गुजरा गर्नेहरुलाई दशैले छुन सकेको छैन् ।


उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “हराउँदै दशैँको रौनक” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । आज सोमबार नौरथाको छैटौं दिन । घटस्थापनासँगै विधिवतरुपमा सुरु भएको दशैं क्रमश : टीका जमरासहितको आशिष थाप्ने बिजया दशामीको शुभसाइत नजिकिँदै छ । हरेक वर्ष नेपाली समाज खासगरी हिन्दु धर्मावलम्बीले महत्वपूर्ण र महान् चाडका रुपमा मनाउँदै आएको दशैंको रौनक विगतको तुलनामा क्रमश : साँघुरिदै गएको छ । उमङ्ग विस्तारै घट्दो छ । पछिल्लो समय दशैं मासु खाने र टीका थाप्ने काममा मात्र सीमित हुन थालेको छ ।