ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “दशैंको मुखमा पाएनन् वृद्धभत्ता” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।  उपमहागनरपालिकाले बैङ्कलाई समयमा रकम उपलब्ध नगराउँदा धेरै वृद्धवृद्धा दशैंभत्ता पाउनबाट बञ्चित बनेका छन् । धरान–६ पानबारीबाट वृद्धाभत्ता लिन मेघा बैङ्क आएका गोविन्द राई करिब ८ घण्टा लाइनमा बसेर वृद्धाभत्ता थापे । बिहान ६ बजेदखि लाइनमा बसेका उनले ३ बजेमात्रै बल्ल आफ्नो पालो आएको बताए । अहिले वृद्धाभत्ता लिने अधिकांशले राईले झैं सास्ती खेप्ने गरेका छन् । बैङ्कहरुले वृद्धाभत्ताको टोकन एक घण्टा बाँड्ने गरेका छन् । सोही समयमा टोकन लिनेहरुलाई मात्रै बैङ्कले भुक्तानी दिने गरेको छन् ।


फास्ट टाइम्स : धरानबाट प्रकाशन हुने फास्ट टाइम्स दैनिकले “शक्तिपीठमा पूजा गर्न दुःख” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।  पूर्वको महत्वपूर्ण शक्तिपीठ दन्तकालीमा पूजा गर्न उचित व्यवस्थापन नहुँदा भक्तजनले दुःख पाइरहेको छन् । देश संघीयतामा गएपछि स्थानीय स्तरमा भएका मठमन्दिरको विकास र संरक्षणको जिम्मा स्थानीय निकायलाई दिइएको छ । जनप्रतिनिधिहरुले स्थानीय निकाय सञ्चालन गर्न थालेको डेढ वर्ष पुगे पनि यहाँको मुख्य शक्तिपीठको व्यवस्थापन भने गर्न नसकेको पाइएको छ ।


औजार दैनिक : धरानबाट प्रकाशन हुने औजार दैनिकले “धरानका वडाहरुमा विपत ! विपत !! विपत !!!” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।  आरम्भ नाट्य डबली, धरानले आफ्नो रङ्गकर्मलाई निरन्तरता दिने क्रममा बाढी, पहिरो र विषेश गरी भूकम्पजस्ता प्राकृतिक विपतहरुको व्यावस्थापन कसरी गर्ने भन्ने चेतना प्रवाह गर्दै सडक नाटक विपत ‘! विपत !! विपत !!!’ धरान उपमहागनरपालिकाका ९ स्थानहरुमा सफल प्रर्दशन गरेको छ ।


मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “दशैं सँगै नेवारी पर्व मोहनि” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । दशैं अब तिनदिन बाँकी आज मंगलबार फुलपाती । दशैंको चटारोका बिच दशैं मनाउने बदलिदों शैली, यस्को इतिहास र धार्मीक पक्षका बारेमा पनि चर्चा चल्ने गरेको छ । नेपालमा विभिन्न समुदायका धेरै सांस्कृतिक, धार्मीक पर्वहरु छन् । ती पर्वहरु मध्ये नेपाली पर्वको रुप लिएको दशैं संग संगै ती पर्व पनि मनाइने गरिएका बारेमा भने कमै चर्चा हुने गरेको छ ।


उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “दशैंमा वडाध्यक्षलाई मोटरसाइकल” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।  जनप्रतिनिधि सुविधाभोगी बन्दै गएको बेला गुनासो बढिरहेको बेला विराटनगर महानगरपालिकाका जनप्रतिनिधिहरुले मोटरसाइकल सुविधा लिएका छन् । निर्वाचित भएको करिब डेढ वर्ष महानगरका वडाध्यक्षहरुले मोटरसाइकल सुविधा लिएका हुन् ।