ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “बजार अनुगमन हुँदा व्यापारी भागाभाग” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । जिल्ला प्रशासन कार्यालय सिराहले मिर्चैया बजारमा चार्डपर्वलाई लक्षित गर्दै अनुगमन गरेको छ ।  जिप्रकाका प्रशासकीय अधिकृत लेखनाथ खतिवडा नेतृत्वको अनुगमन टोलीले खाद्यन्न तथा होटलमा अनुगमन गरेको हो ।  अनुगमनको क्रममा पसलहरुमा मूल्यसूची नराखिएको, होटलहरु फोहोर भेटिएको र केही म्याद गुज्रेका समानहरु फेला परेकाले पहिलो पटक सञ्चालकहरुलाई सचेत गराइछाडिएको  उनले बताए ।

अनुगमनको क्रममा व्यापारीहरु सटर बन्द गरी फरार भएपछि त्यस्ता पसलहरुलाई निगरानीमा  राखेको छ । उद्योग वाणिज्य सङ्घ मिर्चैयाका अध्यक्ष हरिशङ्कर साहका अनुसार व्यापारीहरुलाई सचेत  गराएर छाडेका थिए ।

औजार दैनिक : धरानबाट प्रकाशन हुने औजार देनिकले “दशैको भिडभाडले सडकमा नै व्यापार” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । अस्तव्यस्त सडकले टा्फिक दुर्घटना सँगसँगै सौन्दर्यसमेत हराएको भन्दै २० गते इटहरीका मेयरउपमेयर लगायतको टोली सडकको भाग खोज्न निस्कियो । विभिन्न मिडियालाई औपचारिक रुपमा जानकारी दिँदै सडकको दायाँबायाँ ८२–८२ फुट सडक ‘क्लियर’ गर्न मेयर उपमेयर नै लागेको देखेर स्थानीय तथा व्यावसायीहरुले पनि साथ दिएका थिए । कार्यापालिकाको निर्णयअनुसार भएको सो खभियानमा वडाध्यक्षहरुलाई पनि जानकारी नदिएपछि एक्कासी रोकियो ।

इटहरीको पूर्वी सिमाना बुढी खोलाबाट शूरु भएको बाटो क्लियर अभियान खाद्य गोदाम नपुग्दै हाल रोकिएको छ ।