धरान: धरानको तीनकुनेस्थित औद्योगिक क्षेत्र हाताभित्र सञ्चालनमा रहेको सुर्य कत्था उद्योगमा बिहिबार राती आगलागी भएको छ ।

उद्योगको स्टोर(गोदाम घर)मा आगलागी हुँदा निर्यात गर्न तयारी अवस्थाको राखिएको कत्था र कच पनि जलेर नष्ट भएको छ । उद्योग सञ्चालक रोशन सोनीका अनुसार कम्तीमा १५ करोड बराबरको क्षति भएको छ । उनले यहाँ विगत १० बर्षदेखि कत्था उद्योग सञ्चालनमा ल्याएका थिए । यहाँ खयरको काठलाई प्रशोधन गरेर कत्था उत्पादन गरिन्छ । विस्कुट आकारको कत्थालाई भारतीय गुट्खा उद्योगहरुमा माग उच्च छ । उद्योगी सोनीले यहाँको कत्था तिनै उद्योगहरुमा निर्यात गर्दै आएका थिए । ‘तयारी अवस्थाको कत्था २५ सय पेटी(कार्टुन) थियो, ३ हजार पेटी त कच थियो,’सोनीले भने,‘कम्तीमा १५ देखि १७ करोडको क्षति भयो होला ।’

aIMG_20181018_201934 copy

कत्था गुट्खामा प्रयोग हुन्छ भने कच वायोप्रोडक्ट भएको उद्योगी सोनीले बताए । उनका अनुसार दशैंको बेला भएकोले उद्योगमा गार्ड मात्र थिए । आफु पनि ५ बजेतिर उद्योगबाट घर फर्किएको उनले बताए । केही समयपछि आगलागी भएको खबर आएको थियो । आगो निभाउन धरान, इटहरी र सुन्दर हरैचाको गरि कुल ५ वटा दमकल प्रयोग भएको थियो भने जनपद, सशस्त्र र नेपाली सेनाले पनि परिचालन भएको थियो । सर्वसाधारणहरुले पनि आगो निभाउन भुमिका खेलेका थिए । करिब २ घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो । कत्था उद्योग नजिकै पेट्रोल पम्प पनि भएकोले आगो नियन्त्रण बाहिर भइदिएको भए अझै ठुलो क्षति हुनसक्थ्यो ।

aIMG_6294 copy

इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाका अनुसार आगलागी विद्युत सर्टबाट भएको निश्चित भइसकेको छ । आफुहरुलाई करिब सवा ६ बजेतिर खबर आएको र लगत्तै उद्योगमा आउदा दनदनी आगो बलिरहेको उनले बताए । ‘आगलागी ६ बजेतिर भएको हो कि भन्ने अनुमान लगाएको छौं, इलेक्ट्रीक सर्ट भएर आगो लागेको निश्चित भइसक्यो । सञ्चालकले १५ करोड बढीको क्षति भएको भनेका छन््, थप बुझ्न बाँकी नै छ,’डिएसपी तिम्सिनाले भने ।

aIMG_6297 copy

aIMG_20181018_202415 copy

aIMG_20181018_201625 copy

aIMG_20181018_201550 copy