केही समयअघिसम्म नेपाली फुटबलका स्थापित मिड्फिल्डर थिए, भोला सिलवाल । राष्ट्रिय टिमबाट करिब ८ वर्ष खेलेका उनी एकाएक गुमनाम बने । सन् २०१५ मा घाइते भएर राष्ट्रिय टिमबाट बाहिरिएका सिलवालले फेरि कमब्याक गर्न सकेका छैनन् । नेपाल पुलिस क्लबमा २००५ देखि निरन्तर खेल्दै आएका उनी फेरि देशका लागि खेल्न लालायित छन् । तर नयाँ पुस्ताका खेलाडीहरुलाई पन्छाएर आफ्नो स्थान बनाउन उनलाई निकै गाह्रो छ । असम्भव भने छैन ।

अनलाईन खबरबाट