इटहरी: एक पछि अर्को ठुला होटल एवं व्यापारिक भवनहरु ठडिदै गएपछि इटहरी प्रदेश नं १ को व्यापारिक हबकोरुपमा स्थापित हुदै गएको छ भने ठुलो संख्यामा रोेजगार पनि सृर्जना भइरहेको छ ।

पछिल्लो समय इटहरी सेन्ट्रल प्लाजा सञ्चालनमा आएको छ । गत असोज ८ गते मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको प्लाजा ५० करोड बढी लगानी भएको सञ्चालक राजेश श्रेष्ठले जानकारी दिएका छन् । यो प्रदेश नं १ कै ठुलो सपिङ कम्प्लेक्स भएको दाबी छ । भौतिक पूर्वाधार र भुकम्प प्रतिरोधात्मक रहेको भवन नौ तलाको रहेको छ । उद्घाटन भएसँगै यो प्लाजाको चर्चा चुलिएको छ । एउटै छानामुनी सम्पुर्ण सेवा दिने उद्देश्यले प्जाला स्थापना गरेको प्रबन्ध निर्देशक शिद्धार्थ श्रेष्ठ बताउँछन् । उनका अनुसार अहिलेसम्म कम्तीमा पनि ३ सय युवा युवतीहरूले प्रत्यक्ष रोजगारसमेत प्लाजाले दिलाएको छ । ‘यो हाम्रो लागि खुशी र गौरवको कुरा हो, ३ सय युवायुवतीहरुले प्लाजामा प्रत्यक्ष रोजगारी पाएका छन्,’प्रबन्ध निर्देशक श्रेष्ठले भने ।

प्लाजाको छैटौ तलादेखि माथिसम्मै प्लाजाले सानदार होटल सञ्चालन गर्ने तयारी थालेको छ । यो होटल पूर्वको नमुना होटल हुनेछ । पाँचौं तलादेखि मुनि विभिन्न व्यवसायहरू सञ्चालन शुरु भइसकेको छ । केही दिनमा सबै काम सकेर पुर्णरुपमा प्लाजा सञ्चालनमा आउदा सपिङदेखि मनोरञ्जन, खाना र आरामदायी बसाइको सुविधा पनि सेवाग्राहीले पाउने अध्यक्ष राजेश श्रेष्ठ बताउँछन् । ‘हामीले व्यावसायिक प्रतिस्पर्धा भन्दा माथि उठेर सेवाग्राहीहरु के चाहन्छन्, त्यो हेरेर काम काम गछौ,सेवा दिन्छौ,’अध्यक्ष श्रेष्ठले भने,‘हामीले कसैसँग टक्कर लिनुछैन, हाम्रो उद्देश्य भनेको एउटै छानाबाट सपिङ, मनोरञ्जन, खानपिनको सेवा उपलब्ध गराएर सेवाग्राहीको मन जित्नु मात्र हो ।’

Rajesh shrestha copy

के के छ सुविधा ?
यसअघि इटहरीमा गोरखा डिर्पाटमेन्ट स्टोर, सनराइज डिपाटमेन्ट, कुन्डलिनिलगायत सपिङ कम्प्लेक्सहरु सञ्चालन हुदै आएको थियो । सेन्ट्रल प्लाजा भने ९ तलाको र सुरक्षाको सम्पुर्ण प्रबन्ध, डेढ लाख लिटर बराबरको पानी टयाङकीसहित फायर फाइटिङको सुविधा समेत उपलब्ध रहेको छ । यस्तै, ३ वटा एस लेटर, २ वटा एलिमेटर र भुकम्प प्रतिरोधात्मक भवन रहेको यो प्लाजामा अण्डरग्राउण्ड पार्किङ सुविधा पनि छ । एकै पटकमा १ सय ५० मोटर साइकल र ५० वटा निजी कार अटाउन सक्ने क्षमताको पार्किङ सुविधा छ ।

प्लाजामा चौबिसै घण्टा एसि सुविधा छ । प्लाजाको पहिलो, दोश्रो र तेश्रो तलामा अफिसियल कामहरूका लागि प्रयोग हुने कार्यालयहरू रहेको छ भने चौथो तलामा रेष्टुरेन्ट तथा खाजा घर, पाँचौ तलमा सिनेमा घर सञ्चालनमा छ । यो सिनेमा घरर पुर्वको सुविधा सम्पन्न भएको म्यानेजर सोहन सिंह बताउँछन् । ‘साउण्ड क्वालिटी, आरामदायी, एसि पनि छ । एकै पटक २ सय ७० दर्शक अट्ने क्षमता छ,’उनले भने,‘फुड काउन्टर छ, अनलाइन र फोनमार्फत टिकट बुक गर्ने सुविधा पनि छ ।’ छैटौदेखि नवौं तलामा सानदार पारीवारिक वाातावरणसहितको होटल सञ्चालनको तयारी भइरहेको छ ।

Sidartha copy