ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “प्रहरीले अझै पत्ता लगाउन सकेन” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।  मोरङको कानेपोखरी गाउँपालीका क्षेत्रका तीन ठूला चर्चित हत्याको घटना वर्षौ बित्दा पनि पत्तो लाग्न सकेको छैन । घटनाका पीडित पक्षहरुले पटक–पटक इलाका प्रहरी कार्यालय पथरीमा घटनाको ध्यानकर्षण गराए पनि प्रहरीले कुरो नसुनेको पीडित पक्षले बताउर्दै आएका छन् । इप्रकामा पुराना प्रमुख गए पनि नयाँ आएका इप्रका प्रमुखले घटनाको फायल नहेरिदिँदा हत्याको घटना त्यतिकै सेलाउँदै गएको छ । साथै पीडित परिवारले पारिवारिक कलह। धनसम्पतिको लोभ लालचमा षड्यन्त्र र सुनियोजित रुपमा चार जनाको हत्या भएको दाबी गर्दै आएको छ । घटना दुर्घटना, भवितव्य वा आफैं भएको मान्न तयार छैनन पीडित परिवार ।


उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “अहिले पनि नेकाको बलियो अस्तित्व छ ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।  नेपाली कांग्रसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली कांग्रेसको अस्तित्व पनि बलियो रहेको बताएका छन् । विराटनगरमा सोमबार सञ्चारकर्मिसँगको संक्षिप्त कुराकानीमा उनले सो कुरा बताउँदै जति सक्दो पार्टीको महासमितिको बैठक बस्नुपर्ने पर्नेमा जोड दिए । उनले पार्टीभित्र देखिएका गुटबन्दीले गर्दा निर्वाचनमा पराजयको स्थिति भोग्नुपरेको चर्चा गर्दै यसको जस–अपजस नेतृत्वले मात्र होइन सबैले लिनुपर्नेमा जोड दिए ।

सोही अवसरमा नेपाली कांगे्रसका नेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सरकार सञ्चालन गर्ने जनादेश पाएको वर्तमान सरकार अलमलमा पर्न नहुने तर्क गरे । उनले वर्तमान सरकारको सफलतासँगै राजनितिक उपलब्धि पनि संस्थागत हुने भएकाले युगान्तकारी परिर्वतन गर्न बनेको संविधान पूर्ण कार्यान्वयन होस् भने । नेता गच्छदारले आगामी निर्वाचनमा सफलता हात पार्न नेपाली कांग्रेस अहिलेदेखि नै जनता र कार्यकर्ता माझ जानसक्ने कार्यक्रम तयार गर्नुपर्ने विचार पनि व्यक्त गरे ।