ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “खानेपानी अभावमा रित्तिँदै बस्ती” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।  दक्षिणी पाँचथरको कुम्मायक र तुम्बेवा गाउँपालिकामा पानी नभएकै कारण घर रित्तिँदै छन् । तमोर नदी किनारका यी दुई गाउँपालिकाका घरहरु मानिसविहिन बन्दै छन् । वषौं काकाकुल गाउँबासी सर्न बाध्य छन् । बसाइँसराइको दर उच्च हुँदा त्यहाँ मानिसबिहिन घरको सङख्या बढ्दै छ । खानेपानीको समस्याले ५ सय ४५ घर अहिले रित्ता छन् ।


उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “राजधानी माग्दै चार शहर” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।  प्रदेश सरकारले स्थायी र नामको विषयमा आन्तरिक छलफल तीब्र गरेपछि राजधानी मान्दै पूर्वी नेपालका चार ठूला शहरले लबिङ सुरु गरेका छन् । स्थायी राजधानी माग्ने शहरमा अस्थायी राजधानी विराटनगर, इटहरी, धनकुटा र धरान छन् । मोरङ्कै गोठगाउँमा पनि राजधानी बनाउन आवश्यक जग्गा रहेको भन्दै सुन्दरहरैचावासीले राजधानीको माग गरेको छन् । राजधानी माग्ने चार शहरलाई विराटनगर रानी–किमाथाङ्का उत्तर दक्षिण सडकको ९६ किलोमिटर सडक खण्डमा छ । राजधानी सर्ने वा विराटनगरलाई स्थायी कायम गर्ने भन्ने बिषयमा मन्त्री परिषद भित्र पनि विवादित छ ।