इटहरी : सुनसरीको इटहरीमा राष्ट्रिय अण्डर १९ इटहरी प्रिमियर लिग प्रतियोगिता सुरु भएको छ ।

इटहरी क्रिकेट एकेडेमीको आयोजनामा नेपाल डिभिएम स्कुलको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा राष्ट्रिय स्तरका विभिन्न ६ वटा क्रिकेट टिमले प्रतिस्पर्धा गर्ने जनाइएको छ । प्रतियोगितामा काठमाडौं,विराटनगर,भैरहवा , धनगढी, आयोजक इटहरी लगायतका टिमहरुको सहभागिता रहेको छ ।

प्रतियोतिगताको इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले एक कार्यक्रम विच उद्घाटन गरिन । सो क्रममा प्रमुख अतिथी गौतमले खेल क्षेत्रले नेपालीहरुको शिर उच्च वनाइरहेको भन्दै खेलकुद क्षेत्रको विकासमा सबैले जोड दिनुपर्ने बताइन । आयोजक इटहरी क्रिकेट एकेडेमीका अध्यक्ष कैलास विष्टको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समिती सुनसरीका अध्यक्ष अनुरोध थापा, तेक्वान्दो संघ प्रदेश नम्वर १ का अध्यक्ष शैलेश विष्ट , राष्ट्रिय जागृती क्लवका अध्यक्ष सञ्जीव ढुंगाना लगायतका अतिथीहरु रहेका थिए । उद्घाटन खेल आयोजक इटहरी क्रिकेट एकेडेमी र काठमाडौं क्रिकेट टिम विच भएको आयोजक संस्थाका सिपी पौडेलले जानकारी दिए ।