भारतको मुम्बईमा धनगढी क्रिकेट एकेडेमी ९डिसिए० ले बिहिबार मुम्बई पुलिसको १७ वर्षमुनिको टिममाथि १० रनको रोचक जित हात पारेको छ ।

आज मुम्बईको जिमखाना खेल मैदानमा टस जितेर ब्याटिङ राजेकोे डिसिएले निर्धा्रित ४० ओभरको खेलमा आठ विकेट गुमाएर १६५ रन बनाएको थियो । आफ्नो टिमलाई जिताउन डिसिएका रोहन विकले २७ बलमा सर्वा्धिक ४२ रन तथा सोनु मण्डलले ३३ रन, कप्तान सुवोध ऐरले २७ रन, राजन लोहनीले छ र सन्दिप आउजीले पाँच रनको योगदान दिए ।

बलिङ गर्दै मुम्बई पुलिसका जेनिथ सर्हदेव, कुश जैन र धनित रावतले समान दुई(दुई विकेट लिएका थिए । एकसय ६६ रनको विजयी लक्ष्य पछ्याउन जवाफी मैदानमा उत्रेको मुम्बई पुलिस टिम ३४ ओभरमा अलआउट हुँदै १५५ रनमा समेटिएको थियो ।

मुम्बईका आर्यनले सर्वा्धिक ५१ रन बनाए पनि आफ्नो टिमलाई हारबाट जोगाउन सकेनन् । त्यस्तै ऋषिभेष मोरेले २६ र अभिषेक यादवले १२ रन बनाए । मुम्बईलाई लक्ष्यमा पुग्नबाट रोक्ने क्रममा डिसिएका विनोद विष्टले सर्वाधिक चार विकेट लिए । कुश मण्डलले तीन, सोनु मण्डल, निशान पन्त र राजन लोहनीले समान एक(एक विकेट लिँदै आफ्नो टिमलाई पहिलो जित दिलाउन सफल भए । दश दिनका लागि मुम्बई भ्रमणमा रहेको १७ वर्षमुनिको डिसिए टोलीले अझै चार वटा एक दिवसीय मैत्रीपूर्ण खेल खेल्न बाँकी छ ।
"घटना र विचारबाट साभार गरीएको"