धरान : घरेलु क्रिकेटको सर्वाधिक ठूलो प्रतियोगिता नमस्ते पोखरा प्रिमियर लिग क्रिकेट आजदेखी पोखरा रंगशालामा सुरु हुँदैछ । तीन महिना लगाएर स्तरोन्नति गरिएको पोखरा रंगशालाको नयाँ पीचमा शुक्रबार बिहान ११ बजेदेखि घरेलु टोली पोखरा पल्टन र विराटनगर टाइटन्स आमने सामने हुँदैछन् ।युवा र अनुभवी खेलाडीको मिश्रण रहेको दुवै टोलीका लागि नयाँ पीच सबैभन्दा डरको विषय भएको छ ।दुवै टोलीका कप्तान तथा प्रशिक्षकले पीचको अवस्था अनुसार प्रदर्शन निर्भर रहने बताइसकेका छन् । रातो माटोको पीच नेपालमा अन्त छैन । नयाँ पीचको अवस्थालाई बुझेर संयमित भएर खेल्ने दुवै टोलीका मार्की खेलाडीको भनाइ छ । विराटनगरबाट सन्दिप लामिछाने र पोखराबाट शरद भेषावकर मार्की खेलाडी छन् । कात्तिक २० गतेसम्म चल्ने प्रतियोगितामा पोखरा र विराटनगरका अलावा काठमाडौं रोयल्स, चितवन राहिनोज, बुटबल ब्लास्टर्स र धनगढी ब्लुज छन् । सबै टिम र खेलाडी पोखरा पुगिसकेका छन् भने सबैले तयारी सकाइसकेका छन् । प्रतियोगिताको विजेताले २७ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । जुन घरेलु क्रिकेटको सर्बाधिक पुरस्कार राशी हो । त्यस्तै उपविजेताले १० लाख पुरस्कार पाउनेछन् । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ नगद पाउनेछन् भने हरेक खेलको विजेताले १५ हजार पाँच सय बोनसस्वरुप पाउनेछन् ।

खेल तालिका

 

मिति                    समय                  खेल                 
कार्तिक ९ गते        ११ बजे            विराटनगर टाइटन्सविरुद्ध पोखरा पल्टन
कार्तिक १० गते        ९ बजे           चितवन राइनोजविरुद्ध बुटबल ब्लास्टर्स
कार्तिक १० गते        १ः१५ बजे       काठमाडौं रोयल्सविरुद्ध धनगढी ब्लुज
कार्तिक ११ गते        ९ बजे          विराटनगर टाइटन्सविरुद्ध धनगढी ब्लुज
कार्तिक ११ गते        १ः१५ बजे       बुटबल ब्लास्टर्सविरुद्ध पोखरा पल्टन
कार्तिक १२ गते        ९ बजे          विराटनगर टाइटन्सविरुद्ध काठमाडौं रोयल्स
कार्तिक १२ गते        १ः१५ बजे        चितवन राइनोजविरुद्ध पोखरा पल्टन
            
कार्तिक १४ गते        ९ वजे           चितवन राइनोजविरुद्ध धनगढी ब्लुज
कार्तिक १४ गते        १ः३० बजे        विराटनगर टाइटनसविरुद्ध बुटबल ब्लास्टर्स
कार्तिक १५ गते        ९ बजे          चितवन राइनोजविरुद्ध काठमाडौं रोयल्स
कार्तिक १५ गते        १ः३० बजे        धनगढी ब्लुजविरुद्ध बुटबल ब्लास्टर्स
कार्तिक १६ गते        ९ बजे          पोखरा पल्टनविरुद्ध धनगढी ब्लुज
कार्तिक १६ गते        १ः३० बजे        बुटबल ब्लास्टर्सविरुद्ध काठमाडौं रोयल्स
कार्तिक १७ गते        ९ बजे           काठमाडौं रोयल्सविरुद्ध पोखरा पल्टन
कार्तिक १७ गते        १ः३० बजे        विराटनगर टाइटन्सविरुद्ध चितवन राइनोज
कार्तिक १८ गते        ९ बजे           इलिमिनेटर (दोस्रो स्थानको टोलीविरुद्ध तेस्रो स्थानको टोली)

 

कार्तिक २० गते        ९ बजे          फाइनल(लिगको शीर्ष टोलीविरुद्ध इलिमिनेटरको विजेता)