धरान : पोखरा प्रिमियर लिग ९पिपिएल० को उद्घाटन खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको टिम विराटनगर टाइटन्स पराजित भएको छ। उद्घाटन खेलमा शरद भेषावकरको टिम पोखरा पल्टनले विराटनगरलाई ५८ रनले पराजित गरेको हो। पोखराले दिएको १९८ रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभर खेल्दा आठ विकेटको क्षतिमा १३९ रन मात्र जोड्न सक्यो।

विराटनगरका लागि ओपनर प्रदीप ऐरी १० रन र सुनिल धमला ११ रनमै आउट भए। अर्का ब्याट्सम्यान जितेन्द्रसिंह ठकुरीले १० रनमात्र जोडे। कप्तान सन्दीप लामिछाने नटआउट १४ रनमा समेटिए भने विराटनगरका लागि सर्वाधिक राजु रिजाल र पुष्प थापाले ३०–३० रन जोडे।

बलिङतर्फ पोखराका ललितनारायण राजवंशीले ३ विकेट लिए भने कृष्ण कार्की, रासिद खान, शरद भेषावकर, मेहबुब आलामले १–१ विकेट लिए। टस हारेर पहिलो ब्याटिङ गरेको पोखराले २० ओभरमा मात्र तीन विकेटको क्षतिमा १९७ रन जोडेको थियो।

पोखराका लागि ओपनरद्वय आफिस शेखले ५२ र कुशल भुर्तेलले ३८ रनको योगदान गरे। पोखराका लागि रविन्द्रर सिंहले ४४ रन जोडे भने विनोद भण्डारीले नटआउट ४१ रन जोडे।
विराटनगरका लागि सन्दीपले २ विकेट लिए भने साहब आलामले एक विकेट लिए।

44848430_2145127052186633_5416098444819300352_n