धरान: दशै शुरु भएपछि धरान १२ स्थित अमान बजारमा निरन्तर लाग्दै आएको शनिबारे अर्ग्यानिक हटिया रोकिएको थियो । एक साता रोकिएको अर्ग्यानिक हटिया आज शनिबारदेखि पुनः सुचारु भएको छ ।

हिजोआज सहरीया मानिसहरुलाई चाडै धेरै किसिमको रोगले ग्रसित हुन्छन् । यसको मुख्य कारण खानपिन र सहरीया जीवनशैलीले भएको चिकित्सकहरु नै बताउँछन् । किसानहरुले उत्पादन गरेको कृर्षिजन्य हरियो तरकारी, सागसब्जीहरुमा पनि अत्यधिक रासायनिक मल, बिषादीको प्रयोगले स्वास्थ्यकर छैन । जसले गर्दा हाम्रो स्वास्थ्यलाई नै हानि, नोक्सानी पुर्याइरहेको हुन्छ । त्यसैले डाक्टरहरुले पनि अर्ग्यानिक सागसब्जी, तरकारी उपभोग गर्न सुझाव दिइरहेका हुन्छन् ।

aaIMG_6599 copy

स्वास्थ्यप्रति सचेत हुदै अचेल सहरीयाहरु अर्ग्यानिक तरकारी, सागसब्जीतिर ध्यान दिइरहेका छन् भने किसानहरु पनि अर्ग्यानिक खेतीतर्फ आकर्षित हुदै गएका छन् । तर, अर्ग्यानिक किसानहरुले बजार पाइराखेका छैनन् । यही कुरालाई मध्यनजर गर्दै गत बर्षको पुष महिनादेखि अर्ग्यानिक अभियन्ताहरु मिलेर अमान बजारमा अर्ग्यानिक शनिबारे हटिया शुरुवात गरेका थिए । प्रत्येक शनिबार बिहान ७ बजेदेखि ११ बजेसम्म हटिया लाग्ने गरेको छ ।

हटियामा अर्ग्यानिक गाउँ भनेर परिचित धरान ४ वसन्तटारको अर्ग्यानिक तरकारी आउँछ । यस्तै, धरान ६ पानवारी, धरान ४ सारांगा, धरान २० विष्णुपादुका र धरान १७ रेल्वे क्षेत्रमा उत्पादन रहेको अर्ग्यानिक तरकारी आउछ । हरियो तरकारीबाहेक ध्यु, मह, तोरीको तेल, अचारलगायत घरेलु उत्पादन पनि बिक्रीमा आउने गरेको छ । हटिया व्यवस्थापन समितिकी सचिव सविता राई आफ्नो स्वास्थ्यप्रति सचेत उपभोक्ताहरु अर्ग्यानिक हरियो तरकारीप्रति आकर्षित हुदै गएको बताउँछिन् । ‘कृषक र उपभोक्ताहरु दुवैलाई फाइदा पुगिरहेको छ । किसान र उपभोक्ताबीच प्रत्यक्ष भेट हुन्छ, विचौलिया हुदैन, र किसानले पनि राम्रो मुल्य पाउछन्, उपभोक्ताले पनि सस्तो,सुलभ मुल्यमा अग्र्यानिक तरकारी पाउछन्,’उनले भनिन् ।

aIMG_6572

धरान ४, सारांगा डाँडाका किसान दोर्ण कटवाल पनि अर्ग्यानिक शनिबारे हटियाले किसानहरुलाई धेरै राहत दिएको बताउँछन् । उनले पनि यो हटियामा तरकारी ल्याउन थालेको ४ महिना बितिसकेको छ । ‘अर्ग्यानिक सब्जी धेरै उत्पादन हुदा कहाँ बेच्ने भन्ने चिन्ता हुन्थ्यो, अहिले यो हटियाले किसानहरुलाई धेरै राहत दिएको छ, अझै दैनिकरुपमा हटिया लागे धेरै राम्रो हुन्थ्यो,’उनले भने ।

aaIMG_6609 copy

aIMG_6563 copy

aIMG_6565

aIMG_6579

aIMG_6562

aIMG_6568 copy

aIMG_6577 copy

aIMG_6578 copy

aIMG_6589 copy

aIMG_6592 copy

aIMG_6600