धरान: अघिल्लो शनिबार वडा दशै टिकाको भोलीपल्ट थियो । सबै जना दशैको उल्लास एवं रमझममा थिए । आफ्ना मान्यजन एवं आफन्तकोमा टिका र आर्शिवाद थाप्न सबैलाई चटारो थियो । तरपनि त्यो शनिबार धरानेहरुको एक समुह नियमित पदयात्रामा निस्कियो ।

दशै भएकोले अरु साताजस्तो सहभागी संख्या धेरै थिएन, मात्र १४ जना थिए । तरपनि ५८ औ हप्ता नियमितरुपमा पदयात्रा आयोजना भयो । करिब ६ किलोमिटर दुरीको पदयात्रा सिंहदेवीबाट शुरु भएर तीन धारा, तुर्के, समनटार, पत्राङबारी, वसन्तटार हुदै विजयपुर चोकमा समापन भएको थियो । दशैको चटारोमा पनि नरोकिएको सेवक अभियानको ५९ औं पदयात्रा आज शनिबार(कार्तिक १० गते) पनि नियमितरुपमा आयोजना भयो ।

aIMG_3019 - Copy (2) copy

हरेक शनिबार सिंहदेवी चोकमा पदयात्रीहरु भेला हुन्छन्, र ठिक ६ बजे नयाँ गन्तव्यतर्फ लाग्छन् । सेवक अभियानका प्रमुख अभियन्ता राजिव हलवाईका अनुसार आज सिंहदेवीबाट लक्ष्मीचोक, रंगशाला, गणतन्त्र चोक हुदै सर्दु खोला तरेर पदयात्रीहरु उकालिएका थिए । धरान २० आँपटार हुदै पदयात्रीहरु कार्कीछाप पुगेर पुनः धरान बजारतर्फ फर्किए । फर्कदा उनीहरु मंगलबारे, शान्ति चोक रुट हुदै आएका थिए । ‘आज हामी लगभल ९ किलोमिटर हिड्यौं, बिहान ६ बजेदेखि साढे ९ बजे हाम्रो रुट पुरा भएको थियो,’हलवाईले भने,‘स्वास्थ्य रहनु भन्ने त छदैछ, धरानलाई पर्यटकीय गन्तव्य, हेल्थ सिटि पनि बनाउने लक्ष्य हो । धरानको पर्यटन भनेको विजयपुरको मठमन्दिर मात्र होइन, यहीको डाँडापाखा घुम्न जाउ, प्राकृतिक सौन्दर्य छ भन्ने सन्देश दिन पनि हो ।’

aIMG_3053 - Copy - Copy - Copy copy

सेवकको पदयात्रा आज ५९ औं सातासम्म पदयात्रा भइरहदा कुनै पनि रुट दोहोरिएको छैन । पदयात्राको २७ औं सातादेखि नियमित सहभागी धरान ९ का उत्तम राई स्वच्छ वातावरण, प्राकृतिक सौन्दर्यसँग रमाउन पाउनुका साथै धरानको सम्पुर्ण भुगोललाई चिन्ने मौका पाएको बताउँछन् । ‘धरान कस्तो छ भनेर चिन्ने, देख्ने मौका पाएको छुँ । सहर मात्र होइन, गाउँ पाखा पखेरा पनि धरान रहेछ, वनस्पतिको सुगन्धले मुग्ध बनाउछ,’उनले भने,‘म त अरु बेला पनि पदयात्रा जान्छुँ ।’

मिक कम्प्युटरमा शिक्षिका रहेकी धरान १० की शान्ति राई पदयात्रामा सहभागी हुन थालेको एक बर्ष पुगिसक्यो । उनी शनिबार विदाको समय सदुपयोग गर्न र नयाँ साथीभाईसँग भेटघाट, चिनजान हुने भएकोले पदयात्रामा सहभागी हुने बताउँछिन् । ‘स्वास्थ्यलाई फाइदा पुग्छ, समयको पनि सदुपयोग हुन्छ । नयाँ साथीभाईसँग चिनजान र रमाइलो पनि हुन्छ,’उनले भनिन् ।

तस्बिर सौजन्य: दिपु लिम्बू

aIMG_3057 - Copy - Copy copy

aIMG_3070 - Copy copy

aIMG_3108 - Copy copy

aIMG_3144 - Copy

aIMG_3155 - Copy copy

aIMG_3105 - Copy

aIMG_3133 - Copy copy

aIMG_3138 - Copy copy

aIMG_3062 - Copy (2)