इटहरी: सुनसरीको इटहरीमा रहेको सिटी बचत तथा ऋण सहकारी संस्थाले आफनो १७ औं बार्षिक साधारण सभाको अवसर पारेर विभिन्न क्षेत्रका आफना सदस्य तथा सन्ततीहरुलाई सम्मान गरेको छ ।

सिटी बचत तथा ऋण सहकारीले प्रदेश नम्वर १ का कानुन मस्यौदा समितिका संयोजकमा मनोनित भएकोमा शेयर सदस्य रेवतीरमण भण्डारी, नेपाल टे्रड युनियन काँग्रेस राष्ट्रिय समितिका उप महासचिवमा मनोनित हुन सफल सदस्य ज्योति कोइराला लगायतलाई सम्मान गरेको हो । यस्तै, ज्येष्ठ शेयर सदस्य विजया सुवेदी, बचतकर्ता रवि चौधरी, उत्कृष्ट ऋणी रिता सापकोटालाई पनि सहकारीले सम्मान गरेको छ । एसईईमा उत्कृष्ट नम्बर ल्याउने आफना शेयर सदस्यहरुका सन्ततीहरुतर्फ पुनम भण्डारी र मन्दिप कोइरालालाई पनि सम्मान गरिएको थियो । सबैलाई कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत छवी रिजालले सम्मान गरेका थिए ।

शेयर सदस्यहरुको सामाजिक, आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले २०५९ सालमा २७ जना शेयर सदस्यहरुबाट संकलित ६७ हजार ५ सय रुपैया शेयर पुँजीबाट संस्था सुरु गरिएको सचिव शिवराम शर्माले जनकारी दिए । सहकारीका अध्यक्ष चन्द्रजगं कार्कीको अध्यतामा सम्पन्न कार्यक्रम प्रस्तुत प्रतिवेदनमा हाल ५ सय ५७ शेयर सदस्य पुगेको र २ करोड ७१लाख एक हजार शेयर पुँजी पुगेको जानकारी दिइयो ।