धरान: नेपाल तरुण दलको ६५ औं स्थापना दिवसको अवसरमा तरुण दलको धरान उपमहानगरपालिका कमिटिले शनिबार अभिभावकविहिनरुपमा आश्रय लिइरहेका बालबालिकाहरुलाई सहयोग गरेको छ ।

धरान ११, विष्णु चोकमा अवस्थित ललित देवान र उनकी श्रीमति सीता देवानले लालनपालन गरीरहेका बालबालिकाहरुलाई तरुण दल धरानले सहयोग गरेको हो । शनिबार देवान दम्पत्तिको घरमा पुगेर उनीहरुले बालबाकिलाहरुको लागि आवश्यक खाद्यान्न सहयोग गरको हुन् । तरुण दलका नगर सभापति हिमाल श्रेष्ठका अनुसार ७ हजार बराबरको खाद्यान्न सहयोग गरिएको छ ।

‘हामीले ७ हजार बराबरको चामल, आलु, दाल, चाउचाउ, बिस्कुटलगायत खाद्यान्न सहयोग गरेका छौं,’ सभापति श्रेष्ठले भने । नेपाली कांग्रेस धरान उपमहानगरपालिका सभापति तिलक राईको उपस्थितिमा हस्तान्तरण कार्यक्रममा भएको थियो । बालबालिकाहरु पनि उपस्थित भएको कार्यक्रममा ललित देवानले ती खाद्यान्न सामग्री ग्रहण गरेका थिए । यसैगरी, तरुण दलको स्थापना दिवसकै अवसरमा शनिबार साँझ धरानको भानुचोकमा दिप प्रज्वलन गरिएको तरुण दल नगर सभापति श्रेष्ठले जानकारी दिए ।

44771684_527220957703790_181024084023312384_n copy