सुनसरी : सुनसरीको बबियाबाट सशस्त्र प्रहरी बल भुटाहाले भारतीय बजारबाट पटका भन्सार छली साईकलमा ल्याउदै गरेको अवस्थामा ४ बोरा पटाका सहित ४ वटा साईकल समेत पक्राउ गरेको छ ।

भुटाहा सशस्त्र प्रहरी बलका डिएसपी निर्मल कुमार थापा नेतृत्वको टोलिले आईतबार बिहान ४ बजे को समयमा इनरुवा ९ स्थित बबियाबाट पटका सहित ४ वटा साईकल समेत नियन्त्रण लिई पत्रकार समेल गरि भुटाहाका वडा अध्यक्ष, वडा सदस्य स्थानीय समाजसेवी , बुद्धिजिबी आम नागरिकको रोबरमा भुटाहा सशस्त्र प्रहरी बलले पटका नष्ट गरेको हो।

सशस्त्र प्रहरी निरीक्षक थापाका अनुसार भारतीय बजारबाट भन्सार छली ल्याएको २ लाख बराबरको पटका सहित ४ वटा साईकल पक्राउ गरी आवश्यक कार्वाहीको लागि सेतुबन्द भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाउने थापाले बताए।

Untitled-1 copy 1