भारतले गुजरात राज्यमा १८२ मिटर उचाइ भएको संसारकै सबैभन्दा अग्लो शालिक अनावरण गर्न लागेको छ।
“स्टाट्यू अफ यूनिटि” अर्थात एकताको शालिक नाम दिइएको यो शालिक भारतको स्वतन्त्रता संग्रामका एकजना नायक सरदार बल्लभभाई पटेलको हो।
यो चीनमा अवस्थित १२८ मिटर अग्लो स्प्रिंग टेम्पल बुद्ध नामको मूर्तिभन्दा पनि अग्लो हुनेछ।