ब्लाष्ट टाइक्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “बढी भाडा लिनेलाई ठाउँको ठाउँ कारबाही” शीषकको समचारलाई मुख्य समचारको रुपमा छापेको छ ।
धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले सार्वजनीक सवारी साधनहरुमा यात्रा गर्ने यात्रुहरुलाई सरकारले तोकेभन्दा बढी भाडा लिने व्यवसायी वा बुकिङ काउण्टरहरुलाई ठाँउको ठाउँ प्रहरीले कारबाही गर्ने बताएका छन् ।

उद्घोष : विराटनगरबाट प्रकाशन हुने उद्घोषण राष्ट्रिय दैनिकले “थप एक जेल चलान (सुन तस्करी प्रकरण)” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
मोरङ उर्लाबारीका सनम शाक्य र करीब ३८ क्वीटल सुन तस्करी प्रकरणमा दुबईबाट पक्राउ परेका बेनु श्रेष्ठ कारागार चलान भएका छन् । अन्तराष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहयोगमा दुबईबाट पक्राउ परेका श्रेष्ठ अइतबार जिल्ला अदालत मोरङको आदेश पछि पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

पूर्वी बजार : ईटहरीबाट प्रकाशन हुने पूर्वी बजार राष्ट्रिय दैनिकले “मुख्यमन्त्री स्वास्थ्य उपचारका लागी विदेश जाने” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
आईतबार प्रदेश नम्बर १ को मन्त्रिपरिषदको बैठक बसेको छ । बैठकले मुख्यमन्त्री शेरधन राईको उपचारका लागि विदेश जान स्वीकृति प्रदान गरेको छ । मुख्य मन्त्री राई यही कात्तिक १६ गतेदेखि २४ गतेसम्म घाँटीको उपचार गर्न थाइल्यण्ड जान लागेका हुन् । उनको निजी सचिवालयले राई लामो समयदेखि घाँटिको समस्याबाट पीडित भएको जानकारी दिएको छ ।

औजार राष्ट्रिय दैनिकः  धरानबाट प्रकाशन हुने औजार राष्ट्रिय दैनिकले “गुण्डा र अपराधीको जरै उखेल्छौ :गृहमन्त्री थापा” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
नेपाल प्रहरीले नागरीक र जनताबीचको सम्बन्ध सुधार गर्दै अपराध न्युनीकरण गर्न आईतबारबाट 'सामुदायक/प्रहरी साझेदारी' कार्यक्रम अघि सारेको छ । प्रहरी प्रधान कार्यालयले काठमान्डौंसहित मुलुकका ७७ वटै जिल्ला र प्रदेशबाट कार्यक्रम एकैसाथ सुरु गरेको हो । कार्यक्रमको उद्धाटन गृहमत्री रामबहादुर थापाले गरे ।

बिबेचना दैनिक : झापाबाट प्रकाशन हुने बिबेचना दैनिकले “मुआब्जा ढिलाइले रेलमार्ग रोकियो” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
विराटनगर जोडिने रेलमार्गको भारतमा पर्ने खण्ड निर्माण भइरहे पनि नेपालतर्फ भने काम अघि बढेको छैन । जग्गा अधिग्रहण र मुआब्जा वितरणमा ढिलाइ हुँदा नेपालतर्फ काम रोकिएको हो । रेलमार्ग बनाइरहेको भारतीय निर्माण कम्पनी इरकोणका अनुसार नेपालतर्फको १३ किमिमध्ये अहिले तीन किमि मात्र बनाइएको छ । भारततर्फ भने पाँच किमि रेलमार्ग र दुईवटा स्टेसन बनिसकेका छन् । नेपालतर्फ पर्ने १० किमि क्षेत्रको अझै जग्गा अधिग्रहण हुन सकेको छैन । मुआब्जा कम भएको भन्दै स्थानीयले सर्वोच्चमा मुद्दा हालेका थिए । सर्वोच्चले गत २० भदौमा फैसला गरे पनि जग्गा अधिग्रहण प्रक्रिया अघि बढेको छैन । रेल विभागका प्रवक्ता विश्व केसीले जग्गा अधिग्रहण प्रक्रिया चाँडै सुरु गर्ने बताए ।