चालकदलका सदस्यसहित ११८ जना यात्रु लिएर उडेको इन्डोनेसियाको लायन एयरको बोइङ ७३७ यात्रुबाहक विमान सोमबार बिहान उडेलगत्तै दुर्घटनाग्रस्त भएको छ । इन्डोनेसियाको राजधानी जकार्ताबाट उडेको १३ मिनेटभित्रै बिमानसँग राडारको सम्पर्क टुटेको र उक्त जहाज समुद्रमा खसेको भेटिएको छ ।

भिडियो फुटेजमा समुद्रको पानीमाथि हवाईजहाजबाट चुहिएको तेल देखिएको छ । उडान नं। जेटी–६१० को उक्त हवाईजहाजमा १७८ जना वयस्क, एकजना शिशु, दुई बालबालिका, दुईजना पाइलट र पाँचजना चालक दलका सहयोगी रहेको इन्डोनेसियाली अधिकारीहरुलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । उक्त विमान मान राजधानी जकार्ताबाट पाङ्काल पिनाङ द्वीपका लागि उडेको थियो । इन्डोनेसियाको खोज तथा उद्धार एजेन्सीका प्रवक्ता युसुफ लतिफले दुर्घटनाग्रस्त बिमानमा सवार यात्रु एवं बिमानको अवशेषको खोजी भइरहेको बताएका छन् । उनले राडारसँगको सम्पर्क टुट्नुअघि विमानले जकार्ता नै फर्कनका लागि अनुरोध गरेको समेत जानकारी दिनुभयो । तर जहाज फर्कन नपाउँदै जाभा समुद्रमा खसेको बताइएको छ । इन्डोनेसियाका हजारौँ द्वीपसँगको सम्पर्कका लागि हवाईजहाज नै सबैभन्दा बढी प्रयोग गरिने यातायातको साधन हो, तर हवाई सुरक्षामा मामिलामा इन्डोनेसिया कमजोर मानिन्छ । हालैका वर्षहरुमा इन्डोनेसियामा हवाई दुर्घटनाको संख्या बढ्दै गएको छ । गत अगष्टमा पूर्वी इन्डोनेसियामा भएको हवाई दुर्घटनामा आठ जना मारिएका थिए । त्यसबखत दुर्घटनामा एकजना १२ वर्षीय बालकमात्र बाँच्न सफल भएका थिए । अगष्ट २०१५ मा भएको अर्को दुर्घटनामा विमानमा सवार सबै ५४ जनाको मृत्यु भएको थियो । त्यस्तै २०१४ मा एयर एसियाको विमान दुर्घटनाग्रस्त हुँदा १६२ जनाको ज्यान गएको थियो । इन्डोनेसियामा हाल सञ्चालनमा रहेको लायन एयर सस्तो बजेट एयरलाइन्स हो । यो विमान कम्पनीका जहाजहरु पटकपटक दुर्घटनामा परेको पाइएको छ ।

सन् २०१६ को मे महिनामा दुईवटा लायन एयरका बिमानहरु जकार्ताको सुकार्नो–हाट्टा विमानस्थलमा एकअर्कासँग ठक्कर खाएका थिए । सन् २०१३ मा एउटा लायन एयर जेट बालीको समुद्रमा खसेर दुर्घटनाहुँदा बिमान नै दुईटुक्रा भएको थियो । यो दुर्घटनामा कसैको मृत्यु नभएपनि धेरै यात्रु घाइते भएका थिए ।


"घटनार बिचारबाट साभार गरीएको "