पथरी : पथरीमा रहेको लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा तीन दिने बाल खेलकुद र बाल भ्रमण कार्यक्रम सम्पन्न भएको छ ।
आइतवारबाट सुरु भएको कार्यक्रम अन्तरगत पहिलो दिन ५ बर्षदेखि मुनी उमेर समूहका नानीहरूलाई र दोश्रो दिन ५ बर्षदेखि माथि १० बर्षभन्दा मुनीका वच्चाहरु बीच प्रतियोगीतात्मक कार्यक्रम सम्पन्न भएको हो । उक्त खेलहरूमध्ये ईन–आउट खेलमा छात्रातर्फ प्रथम पुजा खनाल, द्वितिय सविता धिमाल र तृतिय मिस्मिका ढकाल भए भने छात्रतर्फ प्रथम सेदिङ राई, द्वितिय ओवेत लिम्बू र तृतिय अब्राहम लिम्बू भएका थिए । सेभ द टेल खेलमा छात्रातर्फ प्रथम निसुमा लिम्बू, द्वितिय यान्छो लिम्बू र तृतिय उपासना लिम्बू, छात्रतर्फ प्रथम सचित बस्नेत, द्वितिय एलिन रसाईली र तृतिय उज्वल श्रेष्ठ भएका थिए ।
चित्रकला प्रतियोगितामा प्रथम सुम्निमा राई, द्वितिय रोमना राई र तृतिय अब्राहम लिम्बू भएको थिए भने मेमेरी टेष्टमा प्रथम श्रेया तामाङ, द्वितिय सेहिङ राई र तृतिय निश्चल तामाङ भएका थिए । प्रतियोगितात्मक खेलकुद कार्यक्रममा प्रथम, द्वितिय र तृतिय हुने बालबालिकाहरूलाई पुरस्कार तथा प्रमाण पत्र उपाध्यक्ष विन्दादेवी राई र सह–सचिव दोर्णबहादुर खड्काले वितरण गरेका थिए ।
बालबालिकाहरूलाई मनोवैज्ञानिक असर नपरोस भन्ने उद्देश्यले कार्यक्रममा सहभागी हुने सम्पूर्ण बाल सदस्यहरूलाई पनि पुरस्कार वितरण गरिएको संस्थाका सचिव साथै बाल सदस्य वृद्धि तथा कार्यक्रम सञ्चालन उप–समितिका संयोजक श्री महेन्द्र ढुंगानाले बताए । दश बर्ष भन्दा माथिका बालबालिकाहरूलाई सहभागी गराई झापाको पर्यटकीय स्थल हेप्पी ल्याण्डमा कार्तिक १२ गतेका दिन एक दिने बाल भ्रमण गराइएको छ ।