ब्लाष्ट टाइक्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “ चतरा नहर बन्द गर्ने चेतावनी ” शीषकको समचारलाई मुख्य समचारको रुपमा छापेको छ ।
मग पुरा नभको भन्दै सुनसरी मोरङ सिचाइ आयोजनाको नियमित ज्यालादारी कर्मचारी मूल समन्वय समितिले अनिश्चितकालीन नहर बन्द गर्ने चेतावनी दिएको छ । विगत १२ वर्षदेखिको मागलाई सम्झौता गर्ने बहानामा अल्झाइरहेको भन्दै अनिश्चितकालिन नहर बन्द गर्नेसम्मको अवस्थामा पुग्नु परेको ज्यालादारी कर्मचारी मूल समन्वय समितिका अध्यक्ष दुर्गा राईले बताए । कर्मचारीले आइतवार चतरामा आन्दोलनको कार्यक्रमहरु सार्वजानीक गरेको छ ।

उद्घोष : विराटनगरबाट प्रकाशन हुने उद्घोष राष्ट्रिय दैनिकले ” बाहीर राम्रो, भान्सा फोहोर “ शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
विराटनगरमा खाना खान चलेका होटलहरुको भान्सा फोहोर भेटीएको छ । सोमबार बाणिज्य कार्यालय बिराटनगरले गरेको अनुगमनका क्रममा ट्राफिक चोकमा रहेको सिन्धी होटलको भान्साको भित्ता फोहोर भेटिएको हो । सिन्धी होटल बिराटनगरको चलेको होटलहरु मध्ये एक हो ।

पूर्वी बजार : ईटहरीबाट प्रकाशन हुने पूर्वी बजार राष्ट्रिय दैनिकले ”अझै अन्योलमै नेकपाको पार्टी एकीकरण “ शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरणले अझैसम्म पूणता पाउन सकेको छैन । एकीकरण घोषणा भएको एक वर्ष पुग्नै लाग्दा एकीकरण प्रत्रिया भने अझै अलमलमै देखिएको छ ।

औजार राष्ट्रिय दैनिकः धरानबाट प्रकाशन हुने औजार राष्ट्रिय दैनिकले “नेपालीद्धारा अमेरीकाको निर्वाचनमा उम्मेद्धवार ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।

अमेरीकामा हुन लागेको निवाचनको लागि तीनः जना नेपालिद्धवरा उमेद्धवारी दिएका छन् । आगामी नोभेम्बर ६ मा हुन लागेको निवाचनमा तीन नेपाली मुलका अमेरीकीले उमेद्धवारी दिएका हुन् । उमेद्धवारी दिनेमा मेरिल्याण्डमा हयारी भण्डारी, न्यू ह्याम्पसायारबाट मदलसा गुरुङ र भज्नियाबाट प्रदिप ढकाल रहेका छन् । उक्त दिन अमेरिकामा ३३ सिनेटको पद, ४३५ काङग्रेस, ३६ गर्भनर, स्टोट सिनेट तथा स्टेट तथा डेलिगेटस र विभिन्न तहका न्याधीसमेतको निर्वाचन हुँदैछ ।

मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स राष्ट्रिय दैनिकले “चारकोशे जंगल फोहोरको डम्पिङ साइट” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
लामो समयअगाडिबाट इटहरी र धरान उपमहानगरपालीले चारकोशे झाडीमा फोहोर फाल्दै आएका छन् । चारकोशे बन क्षेत्रमा दैनिक इटहरीबाट ३३ टन र धरानबाट ३७ टन फोहोर फ्याक्ने गरिएको छ । १२ हजार ३ सय ८० हेक्टर क्षेत्रफल रहेको उक्त बन र केही क्षेत्रमा राष्ट्रिय बन पर्ने भएपनी देसको सार्वजानीक सम्पत्ति बन भएकाले यो मासिँदै गएकोप्रति पर्यावरणवादीहरु चिन्तित बनेका छन् ।

बिबेचना दैनिक : झापाबाट प्रकाशन हुने बिबेचना दैनिकले “बिर्तामोडका लोप्साङसहित तीन ‘कन्ट्रयाक्ट किलर’ पक्राउ  शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।

नर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न ३ जना ‘कन्ट्रयाक्ट किलर’ पक्राउ परेसँगै राजधानीका एक
हाइप्रोफाइल व्यक्तिको हत्या हाललाई टरेको प्रहरीले दाबी गरेको छ । गौचन हत्याका ‘मास्टरमाइन्ड’ समिरमान सिंह बस्न्यात समूहका सुटर उदयपुरका अमरबहादुर राना, बिर्तामोडका लोप्साङ लामा र नागार्जुनका रोशन बुढाथोकीलाई
प्रहरीले पक्राउ गरेको हो । महानगरीय अपराध अनुसन्धान महाशाखाको विशेष टोलीले यही साता भारतको सिक्किमबाट उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुलाई नेपाल ल्याएर सोमबार अपरान्ह महाशाखामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । प्रहरीले भने उनीहरूलाई काँकरभिट्टामा समातेको दाबी गरेको छ ।