इटहरी: किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २३ औं स्थापना दिवसमा सम्मान तथा पुरस्कार वितरण गरेको छ ।
संस्थाको नियम अनुसार पटकपटक ऋण लिएर समयमै साँवा ब्याज वुझाउने उत्कृष्ट शेयर सदस्यहरुलाई ग्रिन कार्ड उपलव्ध गराएको छ । इटहरीमा मुख्य कार्यालय रहेको भएपनि सुनसरीका विभिन्न पाँच स्थानीय तहमा सेवा विस्तार गर्न सफल किसान कल्याणले उत्कृष्ट कारोवार गर्ने यमकुमार श्रेष्ठ र सरस्वती सञ्जेललाई ग्रिन कार्ड प्रदान गरेको हो । सम्मान कार्यक्रममा श्रेष्ठ र सञ्जेललाई कार्यक्रमकी प्रमुख अतिथि एवं इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले ग्रिन कार्ड हस्तान्तरण गरेकी थिइन् ।

यस्तै, ज्येष्ठ शेयर सदस्यहरु फुलियादेवी थरुनी र पुष्पलाल निरौलालाई पनि सम्मान गरिएको थियो । सोही अवसरमा सहकारीले सञ्चालन गरेको लघु वित्त कार्यक्रम तर्फ रहीपुर केन्द्र, नरवासा केन्द्र, हवेली केन्द्र र सप्तरंगी केन्द्रलाई पुरस्कृत गरिएको थियो । लघु वित्त कार्यक्रम तर्फ साढे १३ सय सदस्यहरु रहेको संस्थाका अध्यक्ष शालिग्राम ढकालले जानकारी दिए । उनले गतवर्ष मात्र आफनो संस्थाले ३३ लाख ४० हजार कर तिर्न सफल भएकोले कार्य क्षेत्र र दायरा बढाउन सके अझ बढी कर राज्यले संकलन गर्न सकने समेत वताए । सोही कार्यक्रममा सवै भन्दा वढी खाता खोल्ने सदस्यहरु तर्फ भुवनकुमारी ढकाल, लोकप्रसाद पराजुली, उर्मिला घिमीरे लगायतलाई समेत सम्मान गरेको थियो ।