धरान: सप्ताहव्यापी कार्यक्रम गरिरहेको धरान १८ स्थित धरान इन्टरनेशनल कलेज आफ होटल म्यानेजमेन्टका विद्यार्थीहरु मंगलबार होटल नवयुगको स्थलगत अवलोकन गरेका छन् ।

विद्यार्थीहरुलाई धरानको होटलहरु कसरी सञ्चालन भइरहेको छ भन्ने ज्ञान दिलाउन होटल नवयुगको भ्रमण गराइएको कलेजका सिइओ लोकेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार विद्यार्थीहरुले होटलको सेवा सत्कार र सुविधालगायत समग्र बिषयमा जानकारी पाएका छन् । ‘बाहिरको होटलहरुको भ्रमण गराइरहेका हुन्छौं, तर धरानकै होटलहरु कसरी चलेको छ भनेर बुझाउन, देखाउन नवयुगको भ्रमण गराएका हौं,’सिइओ श्रेष्ठले भने,‘किचन, रुम, डाइनिङ, रिसेप्सन सबै डिर्पाटमेन्टमा विद्यार्थीहरुले गएर हेरे, बुझे ।’

मंगलबार नै कलेजका विद्यार्थीहरुबीचमा वत्तृत्वकला प्रतियोगिता पनि आयोजना भएको थियो । उक्त प्रतियोगिताको नतिजा भने शुक्रबार सप्ताहव्यापी कार्यक्रमको समापनसँगै घोषणा गरेर पुरस्कार वितरण गरने सिइओ श्रेष्ठले बताए । कलेजले अघिल्लो दिन(सोमबार) सरस्वती बाल आश्रममा शैक्षिक सामग्री तथा खाजा वितरण गरेको थियो । ‘सोमबार बाल आश्रममा गएर कपी, पेन्सिल, कलर, फ्रुटी, बिस्टुललगायत समाग्री वितरण गर्यौं,’सिइओ श्रेष्ठले भने ।

45049012_289145288363365_7289179097589088256_n copy

45008511_187756288772936_649066753535508480_n copy