इटहरी : प्रदेश १ मा रहेका उत्कृष्ट पर्यटकीयस्थलहरू मध्ये मोरङको बेतना सिमासार पनि एक हो । पूर्व पश्चिम राजमार्ग अन्तरगत मोरङको बेलबारीबाट अढाई किलोमिटर सिधा हाइबेमै जोडिन पुगेको बेतना सिमसार क्षेत्र पछिल्लो समय चर्चामा पनि रहेको छ ।  बिभिन्न चराचुरूङगी, लोपोन्मुख प्रजातिका कछुवा तथा हराभरा देखिने दृष्य अवलोकनको लागि वेतना गन्तब्य बनेको छ । ठुलो आकारको कमिलाको प्रतिक(मुर्ति), चारैतिर फैलिएको सिमसार क्षेत्र र संरक्षित जीवजन्तुहरू यहाँको आकर्षण हुन् । प्राकृतिक सौन्दर्य र ताजा हावासँग रमाउन कस्को मन नहोला र ?त्यसैले त दैनिक ३ देखि १५ सय सम्म पर्यटकहरू यस क्षेत्रमा आउने गरेको छ । लोप हुन लागेका विभिन्न जातका कछुवालाई बेतना सिमसार क्षेत्रमा लगेर संरक्षण गरिन थालेपछि कछुवा हेर्नकै लागि पनि यहाँ रमाउन आउने पर्यटकहरूको घुइचो लाग्ने गरेको छ ।

सिमसार क्षेत्र भएकोले सधै पानी बगिरहन्छ । साना तिना गोष्ठी र सम्मेलन जस्ता कार्यक्रमहरू गर्न सकिने पुर्वाधार भएकोले पनि वेतना कहिल्यै खाली हुदैन । शुरुवातमा दैनिक २० देखि ५० जनासम्म मात्र पर्यटकहरू आउने गरेको सिमसारलाई थप ब्यवस्थित गर्दै लगिएपछि अहिले आन्तरीक तथा बाहिय पर्यटकहरूको पनि घुइचो लाग्ने गरेको देखिन्छ । अन्य दिनको तुलनामा बिदाको दिन तथा शनिबार पर्यटकहरूको संख्या ह्वात्तै बढने र एकै दिनमा ५० हजार माथीको कारोबार हुने गरेको बेतना सिमसार क्षेत्रका कोषाध्यक्ष कमल कोइरालाले जानकारी दिए । पर्यटकीय सिजन शुरु भएकोले पनि अचले बनभोजको मज्जा लिन आउने आगन्तुकहरूको संख्या बढ्दै गइरहेको छ । करीब ७ हेक्टर जमिनमा फैलिएको सिमसार क्षेत्रमा बोटिङ गर्ने, आफ्नै धुनमा सेल्फि खिच्नेहरूको संख्या बढदो देखिन्छ । पहिला सामान्य रहेको बेतना सिमसार अहिले मोरङ जिल्लाकै उत्कृष्ट पर्यटकिय क्षेत्रको रूपमा पनि परिचत छ ।

1 19