सरकारले आज र भोलि भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने भएको छ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन लागिएको हो । १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भने जुकाको थप औषधिसमेत खुवाइने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ देखि २३ महिनाका बालकालिकाहरुलाई सुक्ष्म पोषकतत्व ‘बालभिटा’ पनि वितरण गरिने छ ।
पोषण कार्यक्रम लागू भएका जिल्लाका बालबालिकाको पोषणस्थिति थाहा पाउन पाखुराको नापसमेत लिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन जनशक्ति परिचालन गरिएको जानकारी दिँदै नजिकैको भिटामिन ‘ए’ क्याप्सुल वितरण केन्द्रमा लगेर खुवाउन आग्रह गरेको छ ।

“onlikekhabar बाट साभार गरीएको ”