इनरुवा: सुनसरी सदरमुकाम इनरुवामा १ नम्बर प्रदेशस्तरीय नेपाल मुस्लिम संघको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

संघ केन्द्रीय कार्य समितिद्वारा आयोजना गरिएको भेला तथा एक दिने प्रशिक्षण कार्यक्रममा कांग्रेस आवद्ध मुस्लिम अगुवा नेता तथा कार्यक्रताहरुलाई प्रशिक्षण दिइएको आयोजक समितिका हारुन अन्सारीले जानकारी दिए । कार्यक्रम इनरुवाको स्टार होटलमा भएको थियो ।
भेलाको प्रमुख अतिथि नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य एवं सांसद फरमुल्लाह मन्सुर, बिष्टि अथितिहरु नेपाल मुस्लिम संघका राष्ट्रिय अध्यक्ष जनाब अब्दुल सत्तार अन्सारी, महासचिव पूर्ब सांसद जनाब मोखतार अहमद, नेपाल मुस्लिम संघ सुनसरीका अध्यक्ष जमिल हुसेन अन्सारीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा फरमूल्लाह मन्सुर र मीनबहादुर विश्वकर्माले प्रशिक्षण दिएका थिए ।