एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील ९आईसीसी० को टी– २० क्रिकेटको नयाँ बरियतामा नेपालका ४ खेलाडी १०० भित्र पर्न सफल भएका छन् ।

नयाँबरियता नेपालका कप्तान पारस खड्का,शरद भेषवाकर, सोमपाल कामी र बसन्त रेग्मी अटाएका छन् । ब्याटिङ तर्फ कप्तान पारस खड्का ९४ औँ स्थानमा रहेका छन् भने शरद अन्तिम १०० औँ स्थानमा रहेका छन् ।

त्यस्तै बलिङ तर्फ सोमपाल कामी ९२ औँ स्थानमा रहेका छन् भने बसन्त रेग्मी ७४ औँ स्थानमा रहेका छन् । टी– २० क्रिकेटको अलराउण्डर तर्फ पारस ३९ तथा सोमपाल कामी ६१ औँ स्थानमा रहन सफल भएका छन् । ब्याटिङमा बाबर आजम र बलिङमा रसिद खान शिर्ष स्थानमा रहेका छन् ।

"हाम्रो खेलकुदबाट साभार गरिएको "