बार्सिलोना (एजेन्सी) : बार्सिलोनाका सुपर स्टार लियोनल मेसी अभ्यासमा फर्केका छन् । हातको हड्डी भाच्चिएका कारण पछिल्लो दुई खेल गुमाएका मेसी अपेक्षा गरेभन्दा छिट्टै प्रशिक्षणमा फर्केका छन् ।अक्टुबर २० मा सेभिल्लालाई ४–२ ले हराएको खेलमा मेसीको हातमा चोट लागेको थियो । चोटका कारण उनी धेरै हप्ता मैदान बाहिर रहने अनुमान गरिएको थियो । ३१ वर्षे मेसीले इन्टर मिलानसँगको च्याम्पियन्स लिग र आइतबार रियल म्याड्रिडसँगको एल क्लासिको गुमाएका थिए ।

एल क्लासिकोमा बार्सिलोनाले ५–१ विजयी भएको थियो । बार्सिलोनाले मेसीको फोटो पोष्ट गर्दै उनी अभ्यासमा फर्केको उल्लेख गरेको छ । बार्सिलोना प्रशिक्षक इर्नेस्टो भाल्भार्डेले फिटनेस परिक्षणपछि मात्र मेसीको पुनरामगन निश्चित हुने बताएका छन् । बार्सिलोनाले आइतबार रियो भालेसानोको सामना गर्दैछ । त्यो खेलमा नभए उनी मंगलबार इन्टर मिलानसँगको च्याम्पियन्स लिगमा फर्केने अपक्षा गरिएको छ ।चोटग्रस्त हुनु अघि मेसीले १२ गोल गरिसकेको छन् । त्यसमध्ये उनले पछिल्ला ३ खेलमा ४ गोल गरेका थिए । सेभिल्लाअघि उनले भ्यालेन्सिया र टोटेनह्यामविरुद्ध गोल गरेका थिए । बार्सिलोनाले च्याम्पियन्स लिग र ला लिगामा उच्च प्रदर्शन गरिरहेको छ । बार्सिलोना २१ अंकका साथ शीर्षस्थानमा छ ।