संखुवासभा : संखुवासभाको खाँदबारी नगरपालिका-८ स्थित अरुण टोलमा बिहिबार रुखबाट लडेर १ जनाको मृत्यु भएको छ । बिहान १० बजेको समयमा सोही स्थान बस्ने बर्ष ३७ को कुल बहादुर कार्कीको घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

रूखबाट लडेर गम्भिर घाइते कार्कीलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी पठाईएकोमा थप उपचारको लागि धरान स्थित वि.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो । मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल खाँदबारी पठाइएको छ ।