ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “सरकारी जग्गा किनबेच” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । मौजुदा कानूनले सरकारी तथा सार्वजानिकजग्गाको संरक्षण गर्ने सम्बन्धमा स्थानीय निकाय, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय समेतलाई जिम्मेवार बनाएको छ । तर यिनै निकायको कमजोरीको फाइदा उठाउँदै सार्वजानिक जग्गा अतिक्रमण बढिरहेको छ । झापा दमक १ निवासी डम्बरबहादुर माझीले पहिला १० कठ्ठा जमिन आगटेर बसेका थिए । सरकारी जमिन आगटेका उनले त्यसमध्ये केही जग्गा बिक्रिसमेत गरिसकेका छन् ।


औजार दैनिक : धरानबाट प्रकाशन हुने औजार दैनिकले “नयाँ गन्तव्यको सूचीमा परेका प्रदेश १ का पर्यटकीय स्थलहरु” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । सरकारले नेपालको पर्यटकीय क्षेत्र विस्तार गर्नका लागि थप १ सय नयाँ गन्तव्यहरुको सुची सार्वजानिक गरेको छ । संस्कृति, पर्यटन तथा नागारिक उडयन मन्त्रालयले आज बिहिबार सार्वजानिक गरेको नयाँ गन्तव्यहरुको सुचीमा १ नं प्रदेशका १४ वटै जिल्लाका पर्यटकीय गन्तव्यहरु  समेटिएका छन् ।


मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “विद्यालयमा प्रहरी शिक्षा” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । देशभरका विद्यालयमा शान्तिसुरक्षा र नागारिक–प्रहरी सहकार्य सम्बन्धी विषय पढाइने भएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी कार्यालयले महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिका गरी देशभरका ७ सय ५३ स्थानीय सरकार प्रमुखहरु सगँ सहकार्य गरेर माध्यमिक तह सम्म अपराध विरुद्ध किशोर किशोरी–विद्यार्थीको भूमिका विषयमा पाठ्यक्रम तयार पार्न लागेको हो ।


उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “महानगरमा न्यायकि इजलास सुरु” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । स्थानीय सरकार गठन भएको ढेड वर्षपछि विराटनगर महानगरपालिकाले न्यायिक इजलास सञ्चालन गरेको छ । महानगरपालिकाको न्यायिक समितिमा पर्ने मुद्दाको सुनुवाई गर्न बिहिबारदेखि इजलास सञ्चालनमा ल्याइएको हो । बिहिबार औपचारिक रुपमा बसेर उपमेयर एवं न्यायिक समितिका संयोजक कार्कीसहित समितिका सदस्याहरुले मुद्दाको सुनुवाई शुरुवात गरेका हुन् ।


विवेचना दैनिक : झापाबाट प्रकाशन हुने विवेचना दैनिकले “उपयोगविहीन बन्दै सोलारबत्ती ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।  दुई वर्षअघि दमक चोकको सडकमा जोडिएको सोलारयुक्त सडकबत्ती उपयोगविहीन बन्दै गएको छ । सहरी सडक सौर्य बत्ती कार्यक्रमअन्तर्गत दमक चोकको सडकमा जडित सोलारयुक्त बत्ती दुई वर्षकै अवधिमा काम नलाग्ने अवस्थामा पुगेको हो । ती सोलारयुक्त सडक बत्ती मर्मत गर्न चासो नदिदाँ लथालिङ्ग बन्दै गएको देखिएको छ ।