नाइजेरिया : बोको हरामका विद्रोहीहरुले नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा मानव हत्या र आगजनी गरेका छन् । सो घटनाका क्रममा कम्तीमा पन्ध्र जनाको हत्या हुनुका साथै कैयौं घरहरुमा आगलागी भएको बताइएको छ ।  स्थानीय प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएअनुसार घटनामा परी अरु केही व्यक्ति हराइरहेका छन् । उनीहरूलाई विद्रोहीले अपहरण गरेर लगेको अनुमान गरिएको छ । गत बुधबार राती अबेर भएको आक्रमणबाट कोन्डुगा क्षेत्रका कम्तीमा दुई गाउँ अत्यधिक प्रभावित भएका छन्भने प्रभावित केही व्यक्तिहरुलाई स्थानान्तरण समेत गरिएको छ ।

“ghatanarabichar बाट साभार गरिएको”