पथरी : मोरङको पथरीशनिश्चरेबाट ४५ वन्डल पटकासहित २ जनालाई प्रहरीले शुक्रवार बिहान नियन्त्रणमा लिएको छ ।  इलाका प्रहरी कार्यालय पथरीका अनुसार शुक्रवार बिहान प्रहरीको गस्ती टोलीले पथरीशनिश्चरे २ बोक्रेचौकमा उर्लावारीका सुमन चौधारी र अरलाद थारूलाई पटकसहित पक्राउ गरेको हो । उनीहरूबाट चेकजाँचको क्रममा पटकका वरामद भएको थियो ।

पुर्वबाट पश्चिम आउदै गरेका उनीहरूले मोटरसाइकलमा लोड गरेको ३ बोरा पटकका शंकास्पद देखिएको थियो ।  प्रहरीले शंका लागेर चेक गर्दा सो परिणााम पटका वरामद गरिएको पथरी प्रहरीका इन्चार्ज प्रहरी निरीक्षक कमल वजगाइले बताए । तिहारलाइ लक्षित गरि उनीहरूले सो पटकका भारतवाट नेपाल भित्राएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । प्रहरीले को २३ प ९९१५ नम्वरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।