धरान: धरान फुटसल क्लबले हरेक साता शनिबार निःशुल्करुपमा बालबालिकाहरुलाई फुटसल प्रशिक्षण गराउदै आएको छ । उक्त प्रशिक्षणमा ८ देखि १४ बर्ष उमेरका बालबालिकाहरु सहभागी हुन्छन् ।

निःशुल्क तालिम दिदै आएको क्लबले आर्थिक सहयोग जुटाउने उद्देश्यले शनिबार भेट्रान फुटसल प्रतियोगिता आयोजना गरेको छ । धरान १८ स्थित बुढासुब्बा फुटसलमा आयोजित प्रतियोगितामा १२ क्लब सहभागी छन् । प्रतियोगिताको फाइनल आजै(शनिबार) हुनेछ । प्रतियोगिताबाट बचेको पैसा प्रत्येक साता दिइदै आएको प्रशिक्षणमा खर्च गरिने क्लबका अध्यक्ष एवं भेट्रान खेलाडी खगेन्द्र बहादुर लिम्बूले जानकारी दिए ।‘चाडपर्वमा स्वास्थ्य रहन र मनोरञ्जन पनि गरौं भनेर प्रतियोगिता आयोजना गरेका हौ । यसबाट बचेको पैसाले शनिबार शनिबार दिदै आएको तालिममा खर्च गर्ने योजना हो,’उनले भने ।

प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले नगद २० हजार पाउनेछ । यस्तै, वेष्ट प्लेयरलाई ट्रफी दिइनेछ । प्रतियोगितामा धरान फ्यान क्लब, धरान फिटनेश क्लब, ताप्लेजुङ भेट्रान, एभरेष्ट भेट्रान, फन डे भेट्रान, तरहरा भेट्रान, धरान भेट्रान, बिग फुट भेट्रान, हुक्पा चोेङबाङ भेट्रान, होराइजन भेट्रान र नारायण चोक भेट्रान सहभागी रहेको छ । प्रतियोगितामा ३५ बर्ष माथिका खेलाडीहरु मात्र सहभागी हुन पाउछन् । IMG_6722 copy

IMG_6727 copy