इटहरी: सुनसरीको इटहरीमा आयोजित प्रथम इटहरी कर्पाेरेट फाइभ ए साइड फुटसल कप प्रतियोगिताको उपाधी लक्ष्मी बैकले चुमेको छ ।

एसडि फुटसलको मैदानमा एचके युवा क्लव तथा एस डी फुटसल इटहरीले संयुक्तरुपमा आयोजना गरेको प्रतियोगिताको फाइनलमा एनआइसी एशिया बैकलाई लक्की ड्र मार्फत पराजित गर्दै लक्ष्मी बैकले उपाधी चुमेको हो । फाइनल खेलमा दुवै तर्फबाट निधारित समयमा एक एक गोल भएपछि ट्राइबेकरमा गएको थियो तर ट्राइबेकरबाट पनि त जित हार टुगों लाग्न नसक्दा लक्की ड्र गरिएको थियो ।

इटहरी क्षेत्रमा रहेका विभिन्न बैकहरुका खेलाडिहरुले प्रतिस्पर्धा गरेको खेलमा बेष्ट गोलकिपर अरुण केसी, उत्कृष्ट खेलाडी प्रविण कार्की, उत्कृष्ट प्रशिक्षक उज्वल घिमिरे र सबै भन्दा बढी गोल गर्ने रवि देउजा घोषित भए । प्रतियोगिता समापनका क्रममा विजेता तथा उपविजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि पुर्व भुमिसुधार मन्त्री रामकुमार सुब्वाले शिल्ड तथा प्रमाण पत्र प्रदान गरे । पछिल्लो समयमा लोकप्रिय बन्दै गएको फुटसल खेलको विकासका लागि प्रतियोगिता आयोजना गरिएको एचके युवा क्लवका अध्यक्ष फुटवल खेलका पुर्व राष्ट्रिय खेलाडि समेत रहेका सुरेन्द्र तामागंले वताए ।