धरान: एक नम्बर प्रदेशको राम्रो हिलस्टेशन हो, गुफापोखरी । गुराँसको राजधानी भनिने तीनजुरे-मिल्के-जलजलेको केन्द्र भाग हो । यो क्षेत्रमा २८ प्रजातिका गुराँस पाईन्छन् । समुद्री सतहदेखी २८९० मिटर उचाईमा रहेको डाँडामा यो पोखरी अवस्थित छ ।

यो मौसममा गुफापोरखीमा कुम्भकर्ण र मकालु हिमालको छाँया छप्प बसेको देखिन्छ । धरान-बसन्तपुर हुदै ताप्लेजुङ जोडिने बाटोका कारण यहाँको यात्रा सहज बन्दै गएको छ । विगतमा पर्यटकहरू बसन्तपुरबाट करिब छ घण्टा हिडेर यहाँ पुग्थे । यतिबेला धरानबाट नै ६ घण्टामा सवारी साधनबाट गुफापोखरी पुगिन्छ । अझ यो बाटो कालोपत्रे बन्ने क्रममा छ । बाटो कालोपत्रे भएपछि यहाको यात्रा झनै सहज हुनेछ ।

गुफापोखरी वर्षाका दिन बाहेक वर्षका अरू सबै समय घुम्न र रमाउन उपयुक्त छ । हिउँदमा यहा डम्म हिउँ पर्दछ भने चैत्र बैशाखमा वरीपरी गुराँस फुलेर रातै देखिन्छ । असोज पछाडि हिमाल पहाड र सुर्योदय हेर्न यहाँ अनुकुल हुन्छ । धरानबाट ११८ किमिको दुरीमा रहेको गुफापोखरी हुदै ताप्लेजुङसम्म जान सकिने गरी सडक निर्माण भएको छ ।

शब्द /तस्बिर: बासुदेव वराल

45262333_1871032129680099_7491305498398949376_n copy 45318124_1119691251518673_2476355053405863936_n copy

45235070_340247010116547_7458944401587306496_n copy

45302327_251321085735824_1616349519522299904_n copy

45342243_309408143224401_5895059105881522176_n copy