लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलसँग बराबरी खेले पनि लिगको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा लिभरपुलले आर्सनलसँग उसैको मैदानमा १–१ गोलको बराबरी खेल्दै अंक बाँडको हो । लिभरपुल र आर्सनलले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका थिए भने दोस्रो हाफमा लिभरपुलले लिएको अग्रता जोगाउन नसक्दा हार ब्यहोरेको हो । खेलको ६१ औ मिनेटमा जेम्स मिल्नरले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर आफ्नो अग्रता लिभरपुलले अन्तिम समयसम्म कायम राख्न सकेन ।

 
onlinekhabar बाट साभार गरिएको