पथरी : संघीय सरकारका कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले मोरङको लोहान्द्रा खोला नियन्त्रणका लागि आवश्यक कार्य गर्ने बताएका छन् ।
आफ्नो निर्वाचन क्षेत्रको भ्रमणमा रहेका मन्त्री ढकालले शनिबार साँझ बेलबारी २ मा रहेको लोहान्द्रा खोला कटान क्षेत्रको अबलोकन गर्दै बाढीपीडित तथा स्थानीयहलाई खोलाको पातो फर्काउने आश्वासन दिएका हुन् । तटबन्धन गरेर खोलाले धार परिवर्तन गर्न नसक्ने गरि पाता फर्काउने उनले बताए ।
यसैगरी उनले शनिबार नै बेलबारी २ मा निर्माणाधिन पर्यटकीय क्षेत्र रमिते भ्यू टावरको समेत अबलोकन गरेका छन । बेलबारी ५ कसेनीमा रहेको पर्यटकीयस्थल धनपालगढी पर्यटकीय गन्तव्यको नयाँ सुचीमा पारेको भन्दै ढकाललाई मतदाताले समेत बधाई दिएका छन ।
मन्त्री भएपछि समेत केही नगरेको भन्दै बिरोध भइरहेका बेला उनले चुनावी नारानै बनाएको गढी पर्यटकीय गन्तव्यको परेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्न मन्त्रालयले प्राकृतिक, पुरातात्विक, ऐतिहासिक सांस्कृतिक तथा धार्मिक दृष्टिका आधारमा नयाँ एक सय पर्यटकीय गन्तव्य छनोट गरेसगै धनपाल राजाको दरबार समेत रहेको गढी गन्तब्यमा परेको छ । करिब ३५ बिघामा रहेको गढी पर्यटकीय सम्भावना बोकेको क्षेत्र अतिक्रमणको चपेटामा रहेको छ । अहिले ६ बिघा भन्दा बढी जग्गा स्थानीयको अतिक्रमणमा परी सकेको छ । सातवटा पोखरी रहेको उक्त क्षेत्रमा अहिले तीनवटा मात्र पोखरी रहेका छन् । अन्य चारवटा पोखरी भने जीर्ण अवस्थामा छन् ।
बैशाखमा यहाँ ठुलो मेला लाग्ने गरेपनि संरक्षणको अभावमा यहाँका भौतिक संरचना बिग्रंदै जान थालेको छ । बिवाह गरेका नया दुलहा दुलहीले मेलाको बेला पोखरीको बीचमा गएर पूजाआजा गर्नुपर्ने स्थानीयको मान्यता छ । धनपाल राजाको दरबार केही वर्ष अघिसम्म रहेपनि अहिले भग्नावशेषसमेत बाँकी छैन । सम्पदाहरु लोप हुदै गए पछि अध्ययान अनुसन्धान गर्नेहरुल यो क्षेत्रलाई रोज्ने गरेका छन । धनपालको संरक्षणका लागी वेलवारी नगरपालिका तथा अन्य केहि सरकारी कार्यालयबाट केही बजेट छुट्याईने गरिएको छ ।