धरान: मुटू रोगीलाई आर्थिक सहयोग तथा विविध सांगीतिक, साँस्कृतिक कार्यक्रम गर्दै भव्यरुपमा छैटौं दियालो साँझ शनिबार राती सम्पन्न भएको छ । धरान ५ देउरालीस्थित दियालो समाजले आयोजना गरेको कार्यक्रममा धरान ८ का मुटू रोगी सौजन्य परियारलाई आर्थिक सहयोग गरिएको थियो । समुहले परियारको उपचारमा सहयोगार्थ नगद १० हजार प्रदान गरेको छ । कार्यक्रममा झापाको दमकस्थित सिग्नेचर ब्याण्ड, धरानको भडुसा ब्याण्डको सांगीतिक प्रस्तुती रहेको थियो । यसैगरी, गरिमा डान्स सेन्टर, उज्वल डान्स, म्याड इन क्रिउसहित स्थानीय कलाकारहरुले पनि मनोरञ्जन दिलाएका थिए । दियालोका अध्यक्ष विवी राईको अध्यक्षमा आयोजित कार्यक्रममा वडा ५ का अध्यक्ष सन्तोष लिम्बू प्रमुख अतिथि थिए । कार्यक्रमका संयोजक भने विजय दुमी राई थिए । शब्द /तस्बिर: सनम तामाङ

c